राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको संयोजकमा श्रेष्ठ
ताप्लेजुङ,जेठ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको जिल्ला संयोजकमा ईञ्जिनियर तथा समाजसेवी वीरेन्द्र श्रेष्ठ चयन हुनु भएको छ । सहसंयोजकमा बैदेशिक रोजगार व्यवसायी हरि थापा चयन हुनु भएको छ ।
भेलाले यो जिम्मेवारी दिने आन्तरिक समझदारी कायम गरेको तर केन्द्रीय समितिले त्यसलाई औपचारिकता दिन बाँकी रहेको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ नेपाली काँग्रेसको केन्द्रीय महाधिबेशन प्रतिनिधि हुनुहुन्थ्यो । थापा एमाले कार्यकर्ता हुनुहुन्थ्यो । रसियामा अध्ययन गर्नु भएका श्रेष्ठ ईञ्जिनयिर बाहेक गायकको रुपमा समेत परिचित हुनुहुन्छ । ताप्लेजुङका ९ स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका बाहेक ८ वटा स्थानीय तहका पालिका सम्पर्क व्यक्ति तोकिनु भएको छ । पो पार्टीको जिल्ला कमिटीको कार्यालय समेत स्थापना भएको छ । फुङलिङ नगरपालिकाको लागि राजनकुमार गुरुङ,पाथीभरा याङवरक गाउँपालिकाको लागि शरण तामाङ, सिरिजङ्घा गाउँपालिकाको लागि भुवानी(भीम)दाहाल, मिक्वाखोला गाउँपालिकाको लागि दीपक थापा र सूर्य बस्नेतलाई सम्पर्क व्यक्ति तोकिएको छ ।
यस्तै फक्ताङलुङ गाउँपालिकाका लागि सुरेन्द्र(भरत)कार्की,मैवाखोलाका लागि प्रेम लिम्बू, आठराई त्रिवेणीका लागि शान्तिराम चँुडाल र सिदिङवा गाउँपालिकाका लागि सुजन राईलाई सम्पर्क व्यक्ति तोकिएको राश्वपाले जनाएको छ । मेरिङदेन गाउँपालिकामा भने सम्पर्क व्यक्ति केहिदिन भित्रै चयन गरिने समेत सो पार्टीले जनाएको छ । कार्यक्रममा केन्द्रीय महामन्त्री तथा प्रवक्ता मुकुल ढकाल,अनुशासन समिति सदस्य अधिबक्ता यज्ञमणि न्यौपाने, प्रदेश महामन्त्री लालबिक्रम थापा, प्रदेश प्रवक्ता कमलबाबु मैनालीको उपस्थिति रहेको थियो । राश्वपाको बिधान अनुसार जिल्लाको संयोजक र सहसंयोजक हुनका लागि प्रदेश कमिटी सदस्य अनिवार्य हुनैपर्ने व्यवस्था रहेको छ । सोहि अनुसार प्रदेश कमिटी बिस्तार र थपघटसंगै ताप्लेजुङ जिल्लाका संयोजक र सहसंयोजकलाई औपचारिकता प्रदान गर्ने राश्वपाले जनाएको छ ।