|

ताप्लेजुङमा एक महिने व्यवसायिक कुक तालिम सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २६ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत ताप्लेजुङमा एक महिने व्यवसायिक कुक तालिम सुरु भएको छ ।

फुङलिङ नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको आयोजनामा तालिम सञ्चालनमा आएको हो । तालिमको सहजीकरणको जिम्मेवारी एशियन हस्पिटालिटी एकेडेमी काठमाडौंले पाएको छ । एकेडेमीका प्रोपाईटर रविन घले नेतृत्वको टोलीले अहिले तालिम सञ्चालनको व्यवस्थापन गरिरहेको छ । घलेका अनुसार तालिमको मुख्य सहजकर्ताको जिम्मेवारी अभिशेष दियाली र सहायक सहजकर्ताको रुपमा धिरेन घले रहनु भएको छ । तालिममा व्यवसायिक रुपमा होटल सञ्चालन गरिरहेका,सञ्चालनको तयारीमा रहेका,लघु उद्यम विकास समिति अन्र्तगत नगरपालिका क्षेत्रका बिभिन्न वडामा होटल तथा घरवास(होमस्टे)सञ्चालन गरिरहेका गरी ३० जनाको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइले जानकारी दिनुभयो ।

फुङलिङ नगरप्रमुख अमिर मादेनले ताप्लेजुङ पर्यटन क्षेत्रको प्रवल सम्भावना बोकेको क्षेत्र भएकोले सेवाग्राहीको माग अनुसार खाना परिकार बनाउन तालिमले सीप हस्तान्तरण गर्ने बिश्वास लिनुभयो । धार्मिक स्थल पाथीभरा,बिश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा,फुङफुङ्गे झरना,तिम्बुङ पोखरी सहितका बिभिन्न आकर्षणका स्थलहरु रहेको ताप्लेजुङ आन्तरिक तथा बाह्य पर्यटकको प्रचुर सम्भावना रहेको क्षेत्र हो ।‘पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ताप्लेजुङका लागि यो तालिम एक अवसर हो’नगरप्रमुख मादेनले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts