ताप्लेजुङका तीजना महिला उद्यमी प्रदेश सरकारबाट सम्मानित
ताप्लेजुङ,बैशाख ७ । यसबर्ष ताप्लेजुङका तीनजना महिला उद्यमी कोशी प्रदेश सरकारबाट सम्मानित हुनु भएको छ ।
उद्यमीहरु मात्रिकादेवी प्रसाँई,बचनकुमारी लिम्बू र जीतमाया लिम्बू जनही नगद ५० हजार रुपैयाँ सहित सम्मानित हुनु भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । तीनैजना घरेलु तथा साना उद्यमी हुनुहुन्छ । मुख्यमन्त्री हिक्मत कार्कीले नगद सहित सम्मान गरेको सम्मानित उद्यमी प्रसाँईले जानकारी दिनुभयो ।
प्रदेश सरकारले हरेक बर्ष प्रदेशभरीका उत्कृष्ट महिला उद्यमीहरुलाई नगद सहित सम्मान गर्ने गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष भारतीले उद्यममार्फत आत्मनिर्भर बन्ने र रोजगारी समेत सृजना गर्न उद्यत उद्यमीहरु पुरस्कृत भएको बताउनुभयो ।