ताप्लेजुङमा जारी औद्योगिक मेलाको दोस्रो दिन ः डोको बुन्ने प्रतियोगितामा छिटो बुनेर लक्ष्मण र उत्कृष्ट बुनेर धनबहादुरले जिते पुरस्कार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २२ । ताप्लेजुङमा जारी दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सवको दोस्रो दिन बुधवार डोको बुन्ने प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा सबैभन्दा छिटो डोको बुनेर फुङलिङ नगरपालिकाका लक्ष्मण गुरुङले उपाधि जित्दा प्रतियोगिताकै उत्कृष्ट डोको भने फुङलिङ नगरपालिकाका धनबहादुर गुरुङले बुनेर प्रथम हुनु भएको । उत्कृष्टतर्फ दोस्रो फुङलिङकै लक्ष्मण गुरुङ हुनु भएको छ भने सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका कालीबहादुर गुरुङ तेस्रो हुनुभएको मेला तथा महोत्सवका सञ्चार संयोजक दिनेश लिङखिमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा १४ बर्षे बालक समेतले सहभागिता जनाएका थिए ।

डोकोको आकार दिएर चोयाको गुणस्तर,बनोटको प्रकृति,साटसज्जा,डोकोको गुणस्तरीयता र समयावधिलाई आधार मानेर अंक दिईएको महोत्सवका सहआयोजक घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिनुभयो । लघु उद्यम सृजनालाई प्रोत्साहन गर्न डोको र टपरी बुन्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले जानकारी दिनुभयो ।

डोको बुन्ने प्रतियोगिताका बिजेताले १० हजार,उपबिजेताले ५ हजार र फस्ट रनरअपले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा सहभागी सबैले नगद ५ सयका दरले प्रोत्साहन रकम पाउने भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts