ताप्लेजुङमा मंगलवारबाट सुरु हुने दोस्रो ताप्लेजुङ औद्योगिक महोत्सवको सबै तयारी पूरा,५० वटा स्टल रहने,औद्योगिक महोत्सव संगै दैनिक रुपमा सांगितिक र साहित्यिक कार्यक्रम हुँदै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २० । ताप्लेजुङमा मंगलवारबाट सुरु हुने दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सवमा ५० वटा स्टल रहने भएका छन् ।

केन्द्रीय उत्पादन झल्काउने ५ प्रजातिका उत्पादन र प्रदेशभरीका १४ जिल्लाको कम्तिमा एक महत्वका उत्पादन स्टलमा रहने प्रवन्ध गरिएको छ । मेला तथा महोत्सवको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले सोमवार पत्रकार सम्मेलनमार्फत सबै तयारी भएको जानकारी दिएको छ । घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले प्रदेशभरीका प्रत्येक जिल्लाका उत्कृष्ट उत्पादनको प्रवद्र्धन,घरेलु उद्योग लगानीका क्षेत्र पहिचान र उत्पादित बस्तुको बजारीकरणका लागि महोत्सव लाभदायी हुने बिश्वास लिनुभयो । घरेलु उत्पादनमा लगानी बृद्धि नभए सम्म आर्थिक समृद्धिको आधार तय नहुने भएकोले त्यसलाई टेवा पुग्ने गरी कार्यक्रम आयोजना भएको भारतीले बताउनुभयो ।

घरेलु महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङका अनुसार घरेलु उद्योगको प्रवद्र्धन,मौलिक तथा साँस्कृतिक परम्परा र खानपान,उत्पादनको बजारीकरणका लागि महोत्सव फलदायी हुने छ । स्थानीय उत्पादनको प्रवद्र्धन र नयाँ उत्पादनका क्षेत्रको पहिचानमा जागरण ल्याउन समेत महोत्सवबाट योगदान पुग्ने उहाँले जानकारी दिनुभयो । ५ दिन सम्म चल्ने महोत्सवको पहिलो दिन मंगलवार सदरमुकाम फुङलिङमा औद्योगिक ¥यालीको आयोजना गरिएको छ । घरेलु तथा साना उद्योग महासंघको कार्यालयबाट सुरु हुने ¥याली कार्यक्रमस्थल बीरेन्द्रचौक स्थित पुरानो जिल्ला प्रशासन कार्यालय रहेको भवन नजिकको प्रांगणमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुने भएको छ ।

‘पृथ्वीको उपहार’को रुपमा कञ्चनजंघा सहित ताप्लेजुङ र पूर्वी नेपाल झल्कने फोटो प्रर्दशनी औद्योगिक,कृषि,पुस्तक तथा खाद्य परिकार महोत्सव समेत यो बेला सञ्चालन गरिने भएको छ । दैनिक रुपमा साँझ साँस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । यस्तै डोको र टपरी बुन्ने प्रतियोगिता,डोको क्यारी रन,साहित्यिक उत्सव सहितका कार्यक्रम हुनेछन् भने प्रदेश स्तरीय औद्योगिक बिषयमा छलफल कार्यक्रम समेत तय गरिएको छ । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति समेत रहेका गायक तथा संगितकार शम्भु राई,लोक दोहोरी गायिका प्रिति आले,कुशल कार्यक्रम प्रस्तोता तथा गायक रमेश प्रसाँई,चर्चित गलजकार सुमन स्मारिका,महेश ईशारा,गणेश मुखिया सहितका साँस्कृतिकर्मीहरुको सहभागितामा हरेक दिन साहित्य तथा संगितका कार्यक्रम तय गरिएको समेत आयोजक संस्थाले जानकारी दिएको छ ।

घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङ र घरेलु र साना उद्योग महासंघ महिला प्रदेश समिति मुख्य आयोजक रहेको मेला तथा महोत्सवको सहआयोजकमा घरेलु कार्यालय ताप्लेजुङ रहेको छ । फुङलिङ नगरपालिका सहितका ताप्लेजुङका सबै स्थानीय तह,नेपाल पर्यटन बोर्ड,प्रदेश खेलकुद विकास बोर्ड,प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र कृषि ज्ञान केन्द्र ताप्लेजुङ सहितका निकायले प्रवद्र्धनको भूमिका निर्वाह गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव गुरुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts