| |

पाथीभरा सडकखण्डमा पिकअप दुर्घटना, तीन यात्रु घाइते

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् । फुङ्लिङ–पाथीभरा सडक खण्डअन्तर्गत सुकेटार नजिक बा ११ च २२७६ नम्बरको पिकअप शुक्रबार साँझपख दुर्घटना हुँदा उक्त संख्यामा यात्रु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार फुङ्लिङदेखि पाथीभरा जाँदै गरेको पिकअप दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको पनि प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
क्षमताभन्दा बढी यात्रु चढाएका कारण पिकअप अनियन्त्रित भई दुर्घटनामा परेको बुझिएको कार्कीले बताउनुभयो । उहाँका अनुसार पिकअपमा १४ जना यात्रु सवार थिए । घाइते तीन जनाबाहेक सबै यात्रु सकुशल रहेका पनि प्रहरीले जनाएको छ ।
पिकअपका चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका–४ का २४ वर्षीय आशिष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts