|

क्याम्पसमा तालाबन्दी

पाणिनी बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्। शुक्रबार बिहान क्याम्पस प्रशासनको भवनमा तालाबन्दी गरेको विद्यालय प्रशासनले जनाएको छ।

चार वर्षदेखि सञ्चालक समिति गठन हुन नसक्दा क्याम्पसको प्रशासनीक काम गर्न बाधा पुगेको, समिति नबन्दा स्ववियु निर्वाचन पनि अनिश्चित बनेपछी तालाबन्दी गर्न बाध्य भएको नेविसंघ नेता कृष्ण भुसालले बताए। ‘क्याम्पस राजनितिक दलहरुको बन्धक जस्तै भएको छ,उनले भने,‘क्याम्पसलाई निकास नदिएपछी तालाबन्दी गरेका हौं।’

लामो समयदेखि सञ्चालक समिति बनाउन क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुले आग्रह गर्दा समेत अटेरी गरेपछी तालाबन्दी गरेको विद्यार्थी संगठनहरुका नेताहरुले बताएका छन्।

साभार : नागरिक न्युज

Similar Posts