ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा बन्यो चार र दुईवटा बिद्यार्थी संगठनको चुनावी समिकरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २८ । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुने ताप्लेजुङको एकमात्र पाथीभरा बहुमुखी क्याम्पसमा निर्वाचनका लागि सूचिकृत ६ बिद्यार्थी संगठनमध्ये नेबिसंघको अगुवाईमा ४ र अनेरास्ववियुको अगुवाईमा २ बिद्यार्थी संगठनको चुनावी एकता भएको छ ।
काँग्रेस,माओवादी नेकपा एस र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिद्यार्थी घटकको समिकरण बन्दा एमाले र जसपाका बिद्यार्थी संगठन एक ठाउँमा उभिएका हुन् । राष्ट्रपति निर्वाचन संगै बर्तमान सत्ता समिकरणमा संगै रहेको जसापाको बिद्यार्थी संगठन ताप्लेजुङमा भने एमाले निकट बिद्यार्थी संगठनसंग चुनावी एकतामा बाँधिएको छ । ४ बिद्यार्थी संगठन सम्मिलित चुनावी समिकरणबाट सभापतिका लागि नेविसंघका अर्जुन खिम्दिङ उम्मेदवार बन्नु भएको छ । यो समिकरणबाट सचिवका लागि अखिल क्रान्तिकारीबाट मोहन राई र संघीय विद्यार्थी युनियनबाट कोषाध्यक्षमा शुशिला शेर्पा उम्मेदवार हुनुहुन्छ । यो चुनावी समिकरणबाट सदस्यतर्फ नेविसंघ र अखिल क्रान्तिकारीबाट २–२, एकिकृति समाजवादी निकट अनेरास्ववियु र संघीय विद्यार्थी युनियनबाट १–१ जनाले उम्मेदवारी दर्ता गर्ने सहमति अनुसार नेविसंघबाट डोल्मा शेर्पा र विद्या देवान, अखिल क्रान्तिकारीबाट विजयदीप राई र राज गुरुङ,अनेरास्ववियुबाट खगेन्द्र दर्जी र संघयी विद्यार्थी युनियनबाट विसम लिङदेनले उम्मेदवारी दिनुभयो ।
यता २ ओटा विद्यार्थी संगठन आबद्ध भएको चुनावी समिकरणबाट सभापतिको लागि अनेरास्ववियुका मिलन प्रधान, सचिवमा समाजवादी विद्यार्थी युनियनबाट सरगम शेर्पा र कोषाध्यक्षमा अनेरास्ववियुबाट अनिता हेल्लोक लिम्बूको उम्मेदवारी परेको छ । प्रत्यक्ष निर्वाचित सदस्यतर्फ दुवै संगठनका ३–३ जनाले दर्ता गराउनु भएको छ । सदस्यमा अनेरास्ववियुबाट सनुजा गौतम, शुसिला गुरुङ र सूर्य शेर्पा तथा समाजवादी विद्यार्थी युनियनबाट लाजरस लिम्बू, सुनिल लिम्बू र शोभा लिम्बूले उमेद्वारी दर्ता गराएको निर्वाचन संयोजक उमेश अधिकारीले जानकारी दिनुभयो । आगामी चैत्र ५ गते हुने स्ववियुको लागि पाथीभरा बहुमुखी क्याम्पसमा ९ सय ८४ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts