|

ताप्लेजुङको तेल्लोकमा जारी राष्ट्रपति रनिङ शिल्डमा फुङलिङ अगाडि,पछ्याउँदै आठराई त्रिबेणी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा जारी राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिताको बिहीबार बिहान सम्मको नतिजामा फुङलिङ नगरपालिका १७ स्वर्ण सहित अग्रस्थानमा देखिएको छ । फक्ताङलुङ गाउँपालिका अहिले सम्म पदकबिहिन छ ।
११ स्वर्ण सहित आठराई त्रिबेणी गाउँपालिका दोस्रो स्थानमामा रहेको छ । मेरिङदेन र पाथीभरा याङ्वरकले समान २–२ स्वर्ण जित्दा सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाले भने समान १–१ स्वर्ण मात्र जितेका छन् । यो समाचार तयार पार्दा सम्म मिक्वाखोला र मैवाखोला गाउँपालिका स्वर्णबिहिन छन् । फुङलिङले १७ स्वर्ण जित्दा ३ रजत र ७ कास्य जितेर कूल २७ पदक जितेको छ । आठराई त्रिबेणी गाउँपालिकाले ११ स्वर्ण जित्दा,१५ रजत र ३ कास्य गरी समग्रमा कूल २९ पदक जितेको छ । २–२ समान स्वर्ण पदक जितेका पाथीभरा याङ्वरक र मेरिङदेन मध्ये पाथीभरा याङ्वरकले २ रजत र ४ कास्य गरी ८ पदक जितेको छ भने मेरिङदेनले २ रजत र १ कास्य थप गरी ५ पदक जितेको छ । १ स्वर्ण जितेको सिदिङ्वा गाउँपालिकाले ५ रजत र २ कास्य सहित ८ पदक जितेको छ भने समान स्वर्ण पदक जितेको सिरिजङ्गाले ३ रजत र २ कास्य थप गरी कूल ६ पदक जितेको छ । स्वर्णबिहिन मैवाखोलाले १ रजत र ३ कास्य सहित ४ पदक जित्दा अर्को स्वर्णबिहिन मिक्वाखोलाले १ रजत र २ कास्य सहित ३ पदक जितेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts