राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सुरु,प्रथम फुङलिङ उपमेयर कपको फाईनल बुधवार
ताप्लेजुङ,फागुन २३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा मंगलवारबाट राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई सहितका जनप्रतिनिधि तथा बिभिन्न राजनीतिक दलका अगुवाको उपस्थिति रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिभिन्न वक्ताले खेलकुद क्षेत्रको महत्वका बारेमा चर्चा गर्नु भएको थियो । प्रतियोगिता बिहीबार सक्ननेगरी तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधी पौडेलले जानकारी दिनुभयो । यता,फुङलिङ नगरपालिकाद्धारा आयोजित प्रथम उपमेयर कप रनिङ फुटबल प्रतियोगिताको उपाधिका लागि फुङलिङ नगरपालिका र आठराई त्रिबेणी गाउँपालिका भिड्ने भएका छन् । मंगलवार भएको पहिलो सेमी फाइनलमा फुङलिङले मेरिङदेन गाउँपालिकालाई ट्राईबेकरमा पराजित गरी फाइनल प्रवेश गरेको छ । दोस्रो सेमी फाईनलमा आठराई त्रिबेणीले सिरिजङ्गा गाउँपालिकालाई फराकिलो गोल अन्तरले पराजित ग¥यो । आठराई त्रिबेणी सिरिजङ्गा बिरुद्ध ५–१ गोल अन्तरले बिजयी भएको छ । फाईनल खेल बुधवार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर हुने फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा खेल संयोजक क्षितिज सुनुवारले जानकारी दिनुभयो ।