वाईसिएल ताप्लेजुङले प्रजिअमार्फत नेपाल सरकारलाई बुझायो ५ बुदें ज्ञापनपत्र

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन २३ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग(वाईसिएल)नेपाल ताप्लेजुङले मंगलवार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ बुदें ज्ञापन पत्र पेश गरेको छ ।
संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र बिरुद्ध अस्वभाविक तरिकाका गतिविधि भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न,संक्रमणकालिन न्यायका बारेमा उठेका महत्वपूर्ण बिषयको निरुपण गरी शान्ति प्रकृयाका बाँकी कामलाई बिस्तृत शान्ति सम्झौता र संबिधानको भावना र मर्म अनुसार तार्किक निश्कर्षमा पु¥याउन र जनआन्दोलन,मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा ज्यान गुमाउनेहरुलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरिएको छ । यस्तै व्यवस्था परिवर्तनका क्रममा ज्यान गुमाउने सदस्यका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समेत वाईसिएलले माग गरेको छ । देशको अर्थतन्त्र चरम संकटमा परेको निश्कर्ष सहित वाईसिएलले बित्तीय संघसंस्थाबाट मारमा परेका ऋणीलाई न्याय दिन र मिटरब्याजीहरुलाई नियन्त्रण गर्न पनि माग गरेको छ । उसले देशमा ब्याप्त भ्रष्टाचार,घुसखोरी र अनियमितता नियन्त्रण गरी सुशासन कायम गर्न समेत नेपाल सरकारसंग माग गरेको छ । जिल्ला इञ्चार्ज होमकुमारी दियाली,संयोजक कैलाश मावो लिम्बू र सचिव सुधिर सावदेनद्धारा हस्ताक्षरित ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्नेगरी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलाई बुझाईएको वाईसिएल नेपाल ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts