| |

ताप्लेजुङको लेलेपमा बालिकाको शव फेला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १९ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एक बालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा बालिकाको शव फेला परेको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूका अनुसार लेलेपका स्थानीय गणेश लिम्बूकी छोरी छ वर्षीया सोनिया लिम्बूको शव फेला परेको हो । बालिका गत माघ २५ गतेदेखि बेपत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो शव फेला परेको प्रनाउ लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार घरदेखि करिव आधा घण्टाको पैदल दूरीमा रहेको आयुजिम्बा खोला किनारमा बालिकाको शव फेला परेको हो । घरपालुवा पशुचौपायाका लागि घाँस, चारो (आहारा) खोज्न गएका स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कुसराम कार्कीको नेतृत्वमा प्रहरी टोली शुक्रबार बिहानै घटनास्थलतर्फ गएको छ । घटनाको मुचुल्का उठाई कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि सदरमुकाम फुङ्लिङ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल सदरमुकाम फुङ्लिङदेखि एक दिनको पैदल दूरीमा पर्दछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts