मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउन जिल्ला निर्वाचन कार्यालयको आग्रह

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १८ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मृत्यु भएका व्यक्तिको प्रमाणका आधारमा मतदाता नामावलीमा नाम हटाउने सहितका अद्यावधिक कार्यका लागि जिल्लाका क्रियाशिल राजनीतिक दलहरुलाई सक्रियता जनाइदिन आग्रह गरेको छ ।
माघ मसान्त सम्म संकलन भएका मतदाता नामावली अद्यावधिक तथा दावी बिरोध प्रकृया पूरा गरी त्रुटी रहित अन्तिम नामावली प्रकाशन गर्ने प्रयोजनार्थ जिल्ला निर्वाचन कार्यालयले यस्तो बताएको हो । निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालले नामावलीमा भएको त्रुटी सच्याउन,मृत्यु भएका व्यक्तिको प्रमाणका आधारमा नामावली हटाउन,नामावली उपर दावी बिरोध गर्न र एकवडा भित्र एक भन्दा बढी मतदानस्थल भए आफ्नो नामावली मतदातालाई पायक पर्ने स्थानमा सार्ने लगायतका अद्यावधिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाईदिन आग्रह गर्नु भएको छ । बिहीबार आयोजित सरोकारवालासंग अन्तरक्रियामार्फत जिल्ला निर्वाचन कार्यालयले गत माघ २९ गते सम्म संकलन भएको नामावलीको अद्यावधिक(दावी बिरोध सहित) कार्यका लागि सबैलाई आग्रह गरेको छ ।
निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालले मतदाता नामावली संकलन सहितका कार्य भइरहने तर गत माघ २९ गते सम्म संकलन भएको मतदाता नामावलीलाई अन्तिम रुप दिई आउँदोे बैशाख ९ गते सम्म १८ बर्ष उमेर पूरा भएका मतदाताको अन्तिम नामावली तयार पार्न अद्यावधिक कार्य सुरु हुने बताउनुभयो । जस अनुसार आउँदो २२ गते मतदाता नामावली प्रकाशन गर्ने,२३ गते कसैले झुठो बिबरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने,मतदाता नामावलीमा मृत्यु भएका व्यक्तिको समेत नाम कायम भएर आएको भए नाम हटाउन निबेदन दिने सहितका कार्य हुने भएका छन् । फागुन २८ गते सम्ममा नाम दर्ता अधिकारीले त्रुटी सच्याउने सहितका कार्य गरी २९ गते भित्र नाम हटाईएको सूचना जिल्ला निर्वाचन कार्यालयमा प्रकाशन गरिने भएको छ ।
‘चितवन निर्वाचन क्षेत्र नं २ मा हुने उप निर्वाचनको क्रममा अन्यत्र कहि त्यस्तो परिस्थति भए तयारी अवस्थामा रहने गरी अद्यावधिक सहितका कार्य गर्ने आयोगको योजना अनुसार अभियान सञ्चालन हुन लागेको हो’दुलालले भन्नुभयो । उहाँका अनुसार ताप्लेजुङमा गत माघ मसान्त सम्ममा ४७ हजार ३ सय ४३ पुरुष र ४१ हजार ३ सय ८३ महिला गरी ८८ हजार ७ सय २६ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको क्रममा यहाँ ८८ हजार २ सय ८५ मतदाता थिए । अद्यावधिक हुनु भन्दा अघिको अवस्थामा आउँदो बैशाख ९ गते सम्ममा १८ बर्ष पूरा भएका मतदाताको संख्या ८८ हजार ५ सय २१ द्येखिन आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ति मध्ये ४७ हजार २ सय १९ पुरुष र ४१ हजार ३ सय २ महिला मतदाता हुने देखिएको छ । अद्यावधिकका क्रममा यो संख्यामा घटबढ हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की सहित राजनीतिक दल,सुरक्षा निकायका प्रमुखहरु सहित अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts