|

मिक्वाखोलामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । समग्र खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधबार सुरु भएको खुला ब्याडमिन्टन प्रतियोगितामा खेलाडीलाई चार समूहमा वर्गीकरण गरी सहभागी गराइएको छ । आयोजकका अनुसार पुरुष डबल सिनियर ‘ए’, पुरुष डबल सिनियर ‘बी’, कर्मचारी र भेट्रान्स (४५ वर्षमाथि) समूह रहेका छन् ।
पुरुष डबल सिनियर ‘ए’ र ‘बी’ तर्फ क्रमशः ७ र २४ टोली, कर्मचारीतर्फ १६ टोली र भेट्रान्सतर्फ ६ टोली (जोडी) ले सहभागिता जनाएका मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । प्रतियोगिताका बिजेता र उपबिजेताले क्रमशः पुरुष डबल सिनियर ‘ए’ ४५ हजार र ३० हजार, ‘बी’ तर्फ ३५ हजार र २५ हजार, कर्मचारीतर्फ ३५ हजार र २५ हजार तथा भेट्रान्सतर्फ २० हजार र १५ हजार रुपियाँ पाउने छन् ।
उक्त नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रसमेत पाउने आयोजक मिक्वाखोला गाउँपालिकाले जनाएको छ । यता प्रतियोगिताको उद्घाटन भने कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रदेश सांसद हाङगामले जिल्लाको खेलकुद विकासमा प्रतियोगिताले टेवा पुग्ने विश्वास लिनुभयो । ब्याडमिन्टन विधाको खेलले मानिसको स्वास्थ्यलाई तन्दुरुस्त राख्नमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उद्घाटनमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङगाम, मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामालगायतको सहभागिता रहेको थियो । प्रतियोगिता बिहीबार सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts