ताप्लेजुङमा अबिबाहितमा पुरुष र बिबाहितमा महिलाको संख्या बढी,१८ देखि २० बर्ष उमेर भित्रमा धेरै जसोको बिबाह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १३ । ताप्लेजुङमा महिलाको तुलनामा अबिवाहित पुरुषको संख्या बढी रहेको पाइएको छ । बिबाहितमा भने महिला बढी देखिएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदन अनुसार ताप्लेजुङमा अबिबाहितको संख्या ३४ हजार ८ सय ४७ रहेको छ । त्यसमध्ये अबिबाहित पुरुष १९ हजार ३ सय ३४ जना छन् भने अबिबाहित महिलाको संख्या १५ हजार ५ सय १३ रहेको छ । बिबाहितको संख्या ५९ हजार १ सय ९५ हुँदा महिला ३० हजार ६ सय १९ र पुरुष २८ हजार ५ सय ७६ रहेका छन् । ३३ हजार ५ सय ५१ महिला र ३० हजार २ सय ५६ पुरुष गरी ६३ हजार ८ सय ७ जनाले कम्तिमा एकपटक बिबाह गरेको पाइएको छ । बिबाह गरेकामध्ये ५ सय ३६ जना छुट्टिएर बसेको पाइएको छ । यसरी छुट्टिएर बस्नेमा २ सय ८० महिला र २ सय ५६ जना पुरुष रहेका छन् । १ सय ७१ जनाको पारपाचुके भएकोमा पुरुष ९७ र महिला ७४ जना रहेको जनगणनाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
प्रतिबेदन अनुसार एकल महिला(बिधवा)२ हजार ५ सय ७८ जना र एकल पुरुष(बिदुर)१ हजार ३ सय ३७ जना गरी बिधवा र बिदुरको कूल संख्या ३ हजार ९ सय ५ रहेको छ । यस्तै पहिलो बिबाह गर्दा अधिकतम् १० बर्ष उमेर हुनेमा २ सय २९ जना महिला र ६० जना पुरुष देखिएका छन् । १० देखि १४ बर्ष भित्रमा ८ हजार ४९ जना महिला र २ हजार ३ सय २९ जना पुरुषले बिबाह गरेको देखिएको छ । १५ देखि १७ बर्ष उमेर भित्रमा २४ हजार ७ सय ५१ महिला र ९ हजार ३ सय ९४ पुरुषले बिबाह गरेका छन् । यहाँ १८ देखि २० बर्षमा सबैभन्दा बढी बिबाह गरेको पाइएको छ । तुलनात्मक रुपमा यो उमेर समूहका हाराहारी संख्याका महिला र पुरुषले बिबाह गरेका छन् । २८ हजार २ सय ११ महिला र २३ हजार ८ सय ८० जना पुरुषले १८ देखि २० बर्ष भित्रमा बिबाह गरेका छन् ।
२१ देखि २४ बर्ष उमेर समूहका १३ हजार ८ सय २१ पुरुष र ८ हजार ४ सय ५८ महिलाले बिबाह गरेका छन् । २५ दखि २९ बर्ष उमेर भित्रमा बिबाह गर्नेमा महिला भन्दा पुरुष बढी छन् । यो उमेर भित्र ५ हजार ५ सय २ जना महिलाले ले बिबाह गर्दा २ हजार ३ सय ६४ जना महिलाले बिबाह गरेका छन् । ३० देखि ३४ बर्ष भित्रमा १ हनजार जना पुरुषले बिबाह गर्दा २ सय ९७ जना महिलाले मात्र बिबाह गरेका छन् । यस्तै ३५ देखि ३९ बर्ष भित्रमा २ सय १९ पुरुष र ७९ जना महिला,४० देखि ४४ बर्ष भित्रमा ८३ पुरुष र २३ महिला,४५ देखि ४९ बर्ष भित्रको उमेरमा १४ पुरुष र ९ महिला तथा ५० बर्ष सम्मका १२ पुरुष र ४ महिलाले बिबाह गरेका छन् ।