| | | |

दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको तयारी सुरु

-अनिता इवारम
ताप्लेजुङ, चैत १० । ताप्लेजुङमा दोस्रो औद्योगिक कृषि तथा पर्यटन मेलाको तयारी सुरु गरिएको छ । घरेलु उत्पादनको प्रवर्द्धन गरी पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सव–२०७९ को तयारी सुरु गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङ र प्रदेश समिति विराटनगरको मुख्य आयोजना साथै घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको सह–आयोजनामा यही चैत २१ देखि २५ गतेसम्म पाँच दिन मेला तथा महोत्सव हुने भएको छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजना हुने औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सवको तयारीसँगै शुक्रबार सरोकारवालासँग छलफल गरिएको आयोजकले जनाएको छ ।
स्थानीय आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङका अनुसार फुङ्लिङ नगरपालिका, ताप्लेजुङ उद्योग बाणिज्य संघलगायत सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा मेला तथा महोत्सवबारे छलफल गरिएको हो । छलफलमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले मेला तथा महोत्सव सम्पन्न गर्न नगरपालिकाको तर्फबाट गर्ने सहयोगमा कमी हुन नदिने बताउनुभयो ।
यस्तै ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले संस्थागत भूमिकाका लागि बाणिज्य संघले आवश्यक सहयोग गर्ने बताउनुभयो । महासंघका सचिव गुरुङका अनुसार घरेलु तथा सानो उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित सुरक्षा निकायलगायत सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिको छलफलमा सहभागिता रहेको थियो ।
औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका पहिचान झल्कने व्यावसायिक उत्पादनको प्रशर्दनी हुने छ । यसैगरी परम्परागत पेशा व्यवसायको प्रत्यक्ष अवलोकन, मौलिक खाद्य महोत्सव, कञ्चनजङ्घा फोटो प्रदर्शनी, ताप्लेजुङका पर्यटकीय गन्तव्यको जानकारी, कृषि, पशु, वन तथा जडीबुटीजन्य उत्पादनको प्रदर्शनी हुने छन् ।
पर्यटन प्रवद्र्धनमा केन्द्रित रहेर विविध साहित्यिक, साँस्कृतिक, खेलकुद गतिविधिसमेत हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो । स्थानीय उत्पादनप्रति आकर्षण वृद्धि, रोजगारी सृजना, उद्यम विकास, उत्पादन र बजारीकरण गर्ने कार्यमा मेला तथा महोत्सवले टेवा पुग्ने अपेक्षा राखिएको भारतीको भनाइ छ ।
यसअघि पहिलो औद्योगिक तथा पर्यटन मेला २०७८ जेठ २६ देखि ३० गतेसम्म फुङ्लिङमा आयोजना गरिएको थियो । यसवर्ष मेला तथा महोत्सव प्रवर्द्धक संस्थाको रुपमा फुङ्लिङ नगरपालिका, नेपाल पर्यटन बोर्ड, खेलकुद विकास बोर्ड कोशी प्रदेशलगायत रहेका आयोजकले जनाएको छ ।

Similar Posts