शेयर लगानी सुरक्षण र दोस्रो बजारमा बिक्रीबारे जानकारी गराउँदै अनलाइन सेक्युरिटी लिमिटेड

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ८ । शेयर लगानीको सहज सुरक्षण र बिक्री तथा लगानीका क्षेत्र पहिचान गर्ने उपाय सिकाउँदै अनलाइन सेक्युरिटी लिमिटेडको टोली पूर्वी हिमाली तथा पहाडी क्षेत्र उक्लिएको छ । यो कम्पनी धितोपत्र बोर्डबाट ब्रोकर नम्बर ४९ को अनुमति लिई २०६८ सालबाट शेयर बजारमा कारोवार गर्दै आईरहेको संस्था हो । हाल नेपालमा ५० वटा शेयर ब्रोकर कम्पनी रहेका छन् । पूर्वी हिमाली क्षेत्र उक्लिएको अनलाइन सेक्युरिटी लिमिटेडको टोलीले लगानीकर्ताको शेयर बजार र कारोवारका बारेमा समुदायलाई जागरण गराउने लिमिटेडका धरान शाखा प्रमुख सुजन निरौलाले जानकारी दिनुभयो । अहिले यो टोली ताप्लेजुङमा रहेको छ । बिभिन्न सरोकारवालासंग छलफल गरिरहेको कम्पनीले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत शेयर बजारका लगानी र सुरक्षणका उपाय बारे समुदायस्तरलाई जानकारी दिनेगरी जिल्लागत दौडाहा सुरु गरेको बताएको छ । कम्पनीका सञ्चालक दिनेश शर्माका अनुसार शेयर कारोवार कसरी गर्ने,प्राथमिक तथा दोस्रो बजारमा प्रवेशका आधारहरु,लगानीका लागि कम्पनी छनौट,लगानीलाई सुरक्षित बनाउने उपाय सहितका प्राविधिक तथा सैद्धान्तिक ज्ञान दिने भएको छ । यसका लागि चैत ११ गते शनिवार फुङलिङ बजारमा अवस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघमा अनुशिक्षण कार्यक्रम राखिएको शर्माले जानकारी दिनुभयो । पूर्वी क्षेत्रका ताप्लेजुङ सहितका हिमाली तथा पहाडी जिल्लाहरुमा पछिल्लो समय जलबिद्युत कम्पनीले धमाधम आईपिओ खुलाईरहेका छन् । आईपिओ भरेर शेयर प्राप्तिपछि अब दोस्रो बजारमा कसरी प्रवेश गर्ने भन्ने जानकारी समुदायस्तर सम्म पु¥याउन आवश्यक रहेको निश्कर्ष सहित आफुहरु पूर्वी हिमाली तथा पहाडी क्षेत्र उक्लिएको सञ्चालक शर्माले बताउनुभयो । शेयर कारोवार गर्दै आईरहेका,शेयर भरेर दोस्रो बजारको प्रतिक्षामा रहेका र लगानीको क्षेत्रहरु पर्खेर बसिरहेकाहरुलाई यो अनुशिक्षण फाइदाजनक हुने शर्माले जानकारी दिनुभयो । काठमाडौंको पुतली सडकमा मुख्य कार्यालय रहेको यो कम्पनीले सुनसरीको धरान,मोरङको उर्लावारी,नुवाकोट र महोत्तरीको बर्दिवासमा शाखा सञ्चालन गरिरहेको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts