भीरबाट लडी ताप्लेजुङको खोक्लिङमा एक बृद्धाको ज्यान गयो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत ८ । भीरबाट लडी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङका एक बृद्धको ज्यान गएको छ । बुधवार साँझ अन्दाजी ५ बजेको समयमा खोक्लिङस्थित डाँडागाउँ भीरबाट करिव डेढसय मिटर तल खसी स्थानीय खड्गप्रसाद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा ल्याईएको र पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईने कार्कीले जानकारी दिनुभयो । निजलाई भीरबाट लडी मृत अवस्थामा देखिएकोस्थानीयले प्रहरीलाई खबर गरेको समेत प्रहरीले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts