राष्ट्रपति रनिङ शिल्डको ताप्लेजुङ जिल्ला स्तरीय खेलकुद सिरिजङ्गाको तेल्लोकमा हुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन ५ । ताप्लेजुङमा सञ्चालन हुने २०७९ सालको राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा हुने भएको छ ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले फागुन १० गते देखि १३ गते सम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । प्रतियोगितामा ९ स्थानीय तहबाट छानिएका पालिकास्तरीय खेलाडीले प्रतिश्पर्धा गर्ने भएका छन् । पौडेलका अनुसार प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स,मार्सल आर्ट र उसुतर्फ छात्रछात्राका प्रतिश्पर्धा हुने भएका छन् । एथलटिक्सतर्फ छात्रछात्राका १ सय मिटर,२ सय मिटर,४ सय मिटर,८ सय मिटर,१ हजार ५ सय मिटर र ३ हजार मिटर दौड सञ्चालन हुने छ । यस्तै रिले दौडतर्फ छात्र छात्रा दुबैका ४×१०० सय मिटर र ४×४०० मिटर दौड सञ्चालन हुने भएको छ । उफ्रने र फ्याक्ने फिल्डको खेलमा छात्रतर्फ हाईजम्प,लङजम्प,त्रिपलजम्प,ज्यालिब्ङ थ्रो ८ सय ग्राम र सटफुट १२ पाउण्ड र छात्रातर्फ हाईजम्प,लङजम्प,त्रिपलजम्प,ज्यालिब्ङ थ्रो ६ सय ग्राम र सटफुट ८ पाउण्डका खेल हुनेछन् । यस्तै मार्सल आर्टतर्फ कराँतेमा छात्रका ४२ किलोग्राम,४७ किलोग्राम र छात्रातर्फ ४० किलोग्राम,४५ किलोग्राम र ५० किलोग्राम मुनिको तौलमा प्रतिश्पर्धा हुने छ । कराँतेमा छात्र छात्रा दुबैको काता एकल प्रतियोगिता समेत सञ्चालन हुने भएको छ ।
तेक्वान्दोमा छात्रतर्फ ४५ किलोग्राम,४८ किलोग्राम र ५१ किलोग्राम तथा छात्रातर्फ ४२ किलोग्राम,४४ किलोग्राम र ४६ किलोग्राम मुनिको तौलमा प्रतिश्पर्धा हुने भएको छ । उसुतर्फ छात्र छात्राका चाङ्क्वान,नानक्वान र ताईजीक्वानका खेल हुनेछन् । यस बाहेक छात्र छात्रातर्फ फुटबल,रग्वी,ब्याडमिन्टन,टेबलटेनिस,क्रिकेट र आईटिएफ तेक्वादोका खेल हुन सक्ने राष्ट्रपति रनिङ शिल्ड सञ्चालन कार्यविधिमा उल्लेख गरिएको छ । तर यसपटक ताप्लेजुङको जिल्ला स्तरीय खेलकुदमा छात्र छात्रातर्फ फुटबल,रग्वी,ब्याडमिन्टन,टेबलटेनिस,क्रिकेट र आईटिएफ तेक्वादोका खेल भने समावेश नभएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts