लघुबित्तमार्फत ऋणीमाथि ‘आर्थिक ज्यादती’भएकोभए त्यस बिरुद्ध निर्मम हुने नेकपा उत्तर मेची कोशी ब्युरोको निर्णय

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन ३ । नेपाल कम्युनिष्ट पार्टीको उत्तर मेची कोशी ब्युरोको बैठकले लघुबित्तमार्फत ऋणीमाथि ‘आर्थिक ज्यादती’भएको भए त्यस बिरुद्ध निर्मम हुने निर्णय लिएको छ ।
ताप्लेजुङको फुङलिङस्थित देवलिङ्गेमा बसेको बैठकले तीनमहिने जनमितेरी अभियान सञ्चालन गर्ने निर्णय सहित ब्युरो सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी हेरफेर समेत गरेको जनाएको छ । ब्युरो प्रमुख सुमनको आथित्यतामा बसेको बैठकले देशमा ब्याप्त भ्रष्टाचार,कालाबजारी र सुतखोर बिरुद्ध कडाईका साथ संघर्ष गर्ने निर्णय गरेको नेकपाका ताप्लेजुङ ईञ्चार्ज असलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले ब्युरो सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी हेरफेर समेत गरेको छ । यसअघि ताप्लेजुङ सचिव रहनु भएका असलको जिम्मेवारी जिल्ला ईञ्चार्जको रुपमा फेरिएको छ भने असलको साविक जिम्मेवारीमा अभिषेक आउनु भएको । यस्तै संखुवासभा ईञ्चार्जमा युवराज र सचिवमा सुनितालाई जिम्मेवारी दिईएको छ । तेह्रथुम इञ्चार्जमा कमला र सचिवमा नीमाले जिम्मेवारी पाउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts