नमुना युवा गाउँसभा अभ्यास कार्यक्रम सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १ । ताप्लेजुङको मिक्वाखोला गाँउपालिकाले नमुना युवा गाउँसभा अभ्यास कार्यक्रम सुरु गरेको छ । बिहीबारसम्म सञ्चालन हुने नमुना युवा गाउँसभा अभ्यास कार्यक्रम सोमबार सुरु भएको हो ।
‘समृद्ध युवाका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नारासका साथ कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटनमा मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष डण्डु लामा, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा परिषद् नेपालको समन्वयमा कार्यक्रम समन्वय सुरु भएको पालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।