सरकारले स्वास्थ्य बीमा कार्यक्रमबापत ४५ करोड बढी रकम नदिएको बिएण्डसी सञ्चालक प्रसाँईको दावी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १५ । झापा बिर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले स्वास्थ्य बीमा कार्यक्रममार्फत नेपाल सरकारबाट आफुले ४५ करोड बढी रकम भुक्तानी नपाएको दावी गर्नु भएको छ । उहाँले कयौंपटक तागेता गर्दा पनि सरकारबाट यो रकम भुक्तानी नपाएपछि बिएण्डसीले यसअघिको बीमा कार्यक्रम स्थगित गरी प्रभु इन्स्योरेन्स संगको सहकार्यमॉमेरो बिएण्डसी,मेरो जीवन साथी’स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको बताउनुभयो ।
बिशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन र नयाँ स्वास्थ्य बीमा सम्वन्धी अन्तरक्रियाका क्रममा आइतवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा बोल्दै प्रसाँईले बाँच्न पाउने नागरिकको अधिकारप्रति सरकार सचेत नभएको दोषरोपण गर्नुभयो । सरकारी अस्पताल र सरकारी सेवा प्राप्त गरेका स्वास्थ्य संस्थाको हविगत सोचेभन्दा धेरै असजिलो रहेको उहाँको दावी थियो । उहाँले बिएण्डसी टिचिङ हस्पिटलबाट मेडिकल पढाई सुरु गर्न नपाएकोमा पनि दुखेसो पोख्नुभयो ।
बिएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका जनसम्पर्क प्रमुख प्रमिस गिरीका अनुसार ‘मेरो बिएण्डसी,मेरो जीवन साथी,प्रभु इन्स्योरेन्ससंग स्वास्थ्य कार्यक्रमका लागि प्रति सदस्यता शुल्क ६ हजार रुपैैयाँ निर्धारण भएको छ । यो रकम तिरेर स्वास्थ्य बीमाको सदस्यता बनेकाहरुले बिएण्डसीको स्वास्थ्य सेवामा ५० हजार रुपैयाँ बीमाङ्क प्राप्त गर्नेछन् । एक सदस्यता अन्र्तगत ४ जना भन्दा बढी सदस्य आवद्ध हुनुपर्ने भएमा एकाघरका सदस्य आवद्धता शुल्क बापत प्रतिव्यक्ति १ हजार ७ सय ५० रुपैंया थप गर्नुपर्ने हुन्छ । तर कूल बीमाङ्क रकम भने ५० हजार रुपैयाँ मात्र हुने भएको छ । सदस्यता लिएको एक बर्ष सम्म पनि स्वास्थ्य बीमा कार्यक्रम दावी नगरेको खण्डमा प्रिमियम रकममा १० हजार रुपैयाँ थप गरी परिवारको एक सदस्यले होलबढी चेकको सुबिधा पाउने भएका छन् ।
यसैबीच ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो पालिका क्षेत्रमा रहेका क्यान्सर रोगीहरुको तथ्याङ्क निकालेको भन्दै अब ति रोगीको उपचारका लागि जनही ५० हजार रुपैैयाँका दरले रकम बिनियोजन गर्ने घोषणा गरेको छ । फुङलिङ नगरप्रमुख अमिर मादेनले नगरपालिका क्षेत्रमा २८ जना क्यान्सर रोगी रहेको तथ्याङ्क आफुहरुसंग रहेको भन्दै उनीहरुको उपचारका लागि जनही ५० हजार रुपैयाँका दरले रकम बिनियोजन गर्ने घोषणा गर्नुभयो । स्थानीय सरकारबाटतर्फ गरिएको यो सहयोग पनि क्यान्सर रोगीका लागि ठूलो सहयोग हुने उहाँको बिश्वास थियो ।
उता, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले पहाडी र दुर्गम क्षेत्रका बिपन्न र उपचारका लागि पैसै तिर्न नसक्ने परिवारका सदस्यलाई उपचार शुल्क मिनाहा गर्ने व्यवस्थाका लागि बिएण्डसी सहितका अस्पतालसंग माग गर्नु भएको छ । उहाँले उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्नका लागि निजी अस्पतालहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि सिफारिस गर्ने प्रभावकारी र बलियो संयन्त्र बनाउनुपरे आफुहरु तयार रहेको समेत बताउनुभयो

अरुलाई पनि शेयर गरौ !

Similar Posts