सिरिजङ्गा गाउँपालिकाको बिनियोजन र आर्थिक बिधयेक शंसोधन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ ९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको बाह्रौं नियमित गाउँसभा अधिबेशनले चालू आर्थिक बर्ष २०७९।०८० को पालिकाको बिनियोजन ऐन र आर्थिक ऐन शंसोधन गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार पालिकाका बिषयगत समितिका संयोजकहरुले प्रस्तुत गरेको बिषय क्षेत्रगत शंधोधित बजेट र कार्यक्रमलाई सभाले पारित गरेको छ ।
पालिका अध्यक्ष लालकृष्ण चौहान,उपाध्यक्ष डाक्टर चित्र मावो,पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे,प्रमुख प्रशासकीय अधिकृत पोखरेल,जिल्ला समन्वय समितिका सदस्य सविता लिङदेन सहित पालिकाका ८ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य र गाउँसभाका सदस्यको उपस्थितिमा नियमित गाउँसभा अधिबेशन सम्पन्न भएको सिरिजङ्गा गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts