| |

मेलमिलापकर्तालाई आधारभूत तालिम प्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ३० । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा मेलमिलापकर्तालाई आधारभूत तालिम प्रदान गरिएको छ । पाथीभरा याङ्वरक गाउँपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी आठ दिने तालिम प्रदान गरिएको हो ।
मानव अधिकार मञ्च इलामको सहजीकरणमा शुक्रबार सम्पन्न भएको तालिममा
न्यायिक समितिका पदाधिकारी, सदस्य र अन्य मेलमिलाप कर्तालाई मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिएको हो । पाथीभरा याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समिति संयोेजक रनमाया गुरुङका अनुसार गाउँपालिकाका छ वटै वडाबाट २० जनाको तालिममा सहभागिता रहेको थियो ।
विवादको स्वरुप, कारण, चरण, निरुपणका उपायहरु, विवाद समाधानका रणनीति, मेलमिलापकर्ताको भूमिका र दायित्व लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । मानव अधिकार मञ्च इलाममा आवद्ध विज्ञ सहजकर्ताले तालिमको सहजीकरण गर्नुभएको पालिकाका उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts