|

अर्जेन्टिना र पोल्यान्ड अन्तिम १६ मा

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, मंसिर १५ । अर्जेन्टिना र पोल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत स्टेडिय ९७४ मा बुधबार राति भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलले हरायो । हारेपनि पोल्यान्ड समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । अर्जेन्टिना समूह विजेता बन्यो ।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले गोल गर्नुभयो । एलिस्टरले ४६ औं र अल्भारेजले ६७औं मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ३९ औं मिनेटमा कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुक्नुभयो । जितसँगै समूहको शीर्षस्थानमा रहेको अर्जेन्टिनाले ६ अंक बनायो । उपविजेता पोल्यान्डले चार अंक जोड्यो । यस समूहबाट मेक्सिको र साउदी अरब बाहिरिए ।
बुधबार रातिनै भएको खेलमा मेक्सिकोले साउदी अरबलाई २-१ गोलले हराएको थियो । जितसँगै चार अंक बनाएको मेक्सिको तेस्रो र तीन अंक बनाएको साउदी अरब अन्तिममा रह्यो । एजेन्सी

अरुलाई पनि शेयर गरौ !

Similar Posts