| |

ताप्लेजुङमा योगेशको सुरुवाती अग्रता

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर ६ । ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले सुरुवाती अग्रता लिनुभएको छ । मङ्गलगर अपराह्न ४ः२० बजेदेखि सुरु गरिएको मतगणनामा नेकपा (माओवादी केन्द्र) का प्रत्यासी खेलप्रसाद बुडाक्षेत्रीलाई पछि पार्दै भट्टराईले अग्रता लिनुभएको हो ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला र सोही वडाको याङ्मा मतदान केन्द्रको सुरुमा मतगणना गरिएको छ । उक्त दुई मतदान केन्द्रमा खसेको कुल १०९ मत गणना हुँदा भट्टराईले ६८ र बुडाक्षेत्रीले ३३ मत पाउनुभएको छ ।
यस्तै जनता समाजवादी पार्टी नेपालका चन्द्र मादेनले २, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर कार्कीले २, लोकतान्त्रिक समाजवादी पार्टीका चैतन्य केदेमले १ मत प्राप्त गर्नुभएको छ । उक्त सङ्ख्यामा चार मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सुरु भएको हो ।
जिल्लाको हिमाली दुर्गम क्षेत्र फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला र घुन्सा तथा वडा ७ ओलाङ्चुङगोला र सोही वडाको याङ्मा मतदान केन्द्रको मतपेटिकाहरु ल्याउनलाई ढिलो हुँदा मतगणना कार्यमा ढिलाई भएको हो । जिल्लाको कुल मतदाता ८८ हजार २८५ रहेकोमा ४८ हजार ३५५ अर्थात ५४.७७ प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएका छन् । यता ताप्लेजुङमा वाम लोकतान्त्रिक गठबन्धन सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकृकीत समाजवादी), नेकपा एमालेलगायत ११ दलले निर्वाचनमा सहभागिता जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts