|

खोलाले बगाएर बेपत्ता लिम्बूको शव फेला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १९ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका भीमहाङ लिम्बूको शव डेढ सातापछि फेला परेको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुका ३५ वर्षीय लिम्बूको शव शनिबार मैवाखोलामा फेला परेको हो ।
मेरिङ्देन र मैवाखोला गाउँपालिकाको सिमाना भई बग्ने मैवाखोलामा माछा मार्ने क्रममा डेढ साताअघि अर्थात गत कात्तिक २ गते खोलाले बगाएर लिम्बू बेपत्ता बनेका थिए । लिम्बू बेपत्ता बनेपछि निरन्तर खोजतलासको क्रममा शनिबार खोलामा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक कार्कीका अनुसार लिम्बूको शव फेला परेपछि घटनास्थलतर्फ प्रहरी टोली गएको छ । घटनाको मुचुल्का उठाई शव परीक्षण (पोष्टमार्टम) को प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts