| |

इखाबुमा एक घरमा आगलागी हुँदा लाखौंको क्षति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १५ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुको खानीगाउँमा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । मंगलबार खानीगाउँका स्थानीय मंग्गलसिंह तामाङको घर आगलागी हुँदा उक्त क्षति भएको हो ।
मंगलबार बिहान ९ः३० बजेतिर भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको इखाबुका वडाध्यक्ष महेश लाबुङ लिम्बूले जानकारी दिनुभयो । वडाध्यक्ष लिम्बूका अनुसार विद्युत सर्ट भई घर आगलागी भएको हो । आगलागीले घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा लाखौं मूल्य बराबरको क्षति हुन पुगेको वडाध्यक्ष लिम्बूको भनाइ छ ।
उहाँकाअनुसार खाद्यान्नमा मकै १६ मुरी, जौ पाँच मुरी, कोदो तीन मुरी, चामल दुई बोरा र धान जलेको छ । त्यस्तै अलैँची दुई मन (८० केजी), एक तोला सुनको गहना, ५४ तोला चाँदी र ९२ हजार रुपियाँ नगदसमेत जलेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । क्षतिको बाँकी विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts