| |

ताप्लेजुङका २३ मतदानस्थल ‘अति सम्वेदनशील’

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २७ । जिल्ला सुरक्षा समिति ताप्लेजुङले जिल्लाका २३ मतदानस्थललाई ‘अति सम्वेदनशील’ सूचीमा राखेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएकामध्ये उक्त सङ्ख्यामा मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति सम्वेदनशील सूचीमा राखेको हो ।
जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आसन्न निर्वाचनका लागि तोकिएका ७५ मतदानस्थलमध्ये २३ वटा मतदान स्थललाई अति सम्वेदनशील सूचीमा राखिएको हो । समितिले सामान्य अवस्थाको भनेर २९ मतदानस्थललाई औंल्याएको छ ।
यसअघि बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा ७३ वटा मतदानस्थल कायम रहेको थियो । आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भने फुङ्लिङ नगरपालिका–९ हाङ्देवको शिव आधारभूत विद्यालय र मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित सिम्बुक आधारभूत बिद्यालयमा गरी दुईवटा मतदान स्थल थप भएका छन् । नयाँ भएका मतदानस्थल पनि सम्वेदनशीतलाको दृष्टिकोणले सामान्य अवस्थाको भएको सुरक्षा समितिले जनाएको छ ।
समितिका अनुसार विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक बिकटता, सुरक्षा सम्वेदनशीलता लगायतका अवस्थालाई विश्लेषण गरी मतदानस्थलको वर्गीकरण गरिएको हो । विगतको निर्वाचनसँगै भविश्यमा हुनसक्ने गतिविधि समेतलाई आधार मानी मतदानस्थलको वर्गीकरण गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts