| |

सत्ता गठबन्धनको तर्फबाट बुढाक्षेत्रीको उम्मेदवारी दर्ता

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २३ । ताप्लेजुङमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीले उम्मेदवारी दर्ता गर्नुभएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्यका लागि बुढाक्षेत्रीले मनोनयन दर्ता गराउनुभएको हो ।
माओवादी केन्द्र ताप्लेजुङका इन्चार्जसमेत रहनुभएका बुढाक्षेत्रीको प्रस्तावकमा जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङ लिम्बू र समर्थकमा जीवनकुमार बस्नेत रहनुभएको छ । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा माओवादी केन्द्रका नेता बुढाक्षेत्री पहिलोपटक चुनावी मैदानमा उत्रनुभएको छ ।
यस्तै गठबन्धनतर्फ ताप्लेजुङको प्रदेशसभा सदस्यमा प्रदेश क्षेत्र नं. १ (क) मा नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेम र निर्वाचन क्षेत्र (ख) मा नेपाली काँग्रेसका खगेनसिंह हाङगामले उम्मेदवारी दर्ता गर्नुभएको छ । वनेम एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज हुनुहुन्छ भने हाङगाम नेपाली काँग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (ख) का क्षेत्रीय सभापति हुनुहुन्छ ।
यता ताप्लेजुङमा सत्ता गठबन्धनबाहेक नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल अर्गनाइजेसन लगायतका दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै केही स्वतन्त्र रुपमा पनि प्रतिनिधि र प्रदेशसभा सदस्य दुवैमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts