जुम्लाका कुँवरले जिते ताप्लेजुङ म्याराथन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ : ताप्लेजुङ म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन्। ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवका अवसरमा आयोजित म्याराथनको उपाधी कुँवरले ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन्।

तातोपानी गाउँपालिका-७ जुम्लाका कुँवर कर्णाली स्पोर्टिङ क्लबबाट खेल्ने गर्छन्। दोस्रो र तेस्रो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र राजन मेयाङबो भए।
खगेन्द्र भाट र राजन मेयाङबोको अन्तर १ सेकेन्डको मात्रै थियो। शिखर नगरपालिका २ डोटी घर भएका भाट शिवदल गण बर्दिया धादिङमा कार्यरत छन्। उनले ४ घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरे। पाँचथर घर भई सेनाको युनिट रणशेर गण पाँचथरमा कार्यरत राजनले ४ घन्टा १२ मिनेट ५८ सेकेन्डमा दूरी पार गरे। प्रथमले १ लाख ५१ हजार १११, दोस्रोले १ लाख ३१ हजार १११ र तेस्रोले १ लाख ११ हजार १११ प्राप्त गरेका छन्। पाथिभरा चोकबाट सुरु भएको प्रतियोगिता सुकेटार, काफ्लेपार्टी, पाथिभरा मन्दिर पुगेर सदरमुकामस्थित तोक्मेमा पुगेर टुंग्याइएको हो। पूर्वको धार्मिकस्थल पाथिभराको प्रचारप्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा ११ गतेदेखि पर्यटन महोत्सव सुरु भएको हो। म्याराथनमा १ सय ३५ जना सहभागी रहेका थिए।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts