प्रदेश प्रमुख खापुङको उपस्थितिमा गायक तथा ईञ्जिनियर श्रेष्ठ सहित छ जना सम्मानित
ताप्लेजुङ,असोज ६ । बिदेशी भूमीमा अध्ययन गरी प्राप्त गरेको सीप स्वदेशमै खर्चिएर राष्ट्रप्रतिको सम्मान दर्शाएको भन्दै लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलले गायक तथा ईञ्जिनियर वीरेन्द्र श्रेष्ठ सहित ६ जनालाई कदरपत्र प्रदान गरेको छ ।
प्रदेश १ का प्रमुख पर्शुराम खापुङको उपस्थितिमा श्रेष्ठ सहित ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापा,तत्कालिन जिल्ला शिक्षा कार्यालयमा रहेर लामो समय योगदान गरेका बिष्णुकुमार श्रेष्ठ र अन्य तीनजना शिक्षकलाई प्रशंसापत्र प्रदान गरिएको हो । लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीले लामो समय देखि शिक्षण पेशामा आबद्ध याममाया लिम्बू,अनिल भारती र सुरेन्द्र बस्नेतलाई समेत प्रशंसापत्र प्रदान गरिएको जानकारी दिनुभयो । गिरीका अनुसार लिम्बू २१ बर्ष ५ महिना,भारती १९ बर्ष ५ महिना र बस्नेतले ११ बर्ष ३ महिना देखि शिक्षण पेशामा आबद्ध रही सेवा पु¥याईरहेको जानकारी दिनुभयो ।
हाईड्रो इञ्जिनियर श्रेष्ठ सोभियत रुसबाट हाईड्रो इञ्जिनियरिङको पढाई सकेर नेपालको जलबिद्युत क्षेत्रमा अनवरत क्रियाशिल हुनुहुन्छ । उहाँ आफैंले बिभिन्न परियोजनाको व्यवस्थापकीय भूमिका निर्वाह गरेर योजना सम्पन्न समेत गर्नु भएको भने जलबिद्युतका आफ्नै लगानीका योजना समेत चलाई रहनु भएको छ । इञ्जिनियरिङ बाहेक उहाँ गाउन क्षेत्रमा पोख्त हुनुहुन्छ । जाले रुमाल,घर हाम्रै लेकैमा होमा हिमाल देशैमा लगायतका दजैनौं गीत उहाँका स्वरमा भरिएका छन् ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष थापा व्यवसाय देखि बाहेक खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । सम्मानित अर्का व्यत्तित्व श्रेष्ठले लामो समय सरकारी सेवा र त्यसमा पनि शिक्षा क्षेत्रको अगुवाई गर्ने तत्कालिन जिल्ला शिक्षा कार्यालयमा रहेर सेवा गर्नु भएको छ । सरल स्वभावका उहाँ अहिले व्यवसायिक क्षेत्रमा समेत संलग्न रहदैं आउनु भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठ,जिल्ला प्रहरी प्रमुख कैलाश राई,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति बिनोद थापा,प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।