ताप्लेजुङमा सबैभन्दा कम मतदाता याङ्मा र सबैभन्दा बढी हाङ्पाङमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २ । आउँदो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको क्रममा ताप्लेजुङमा सबैभन्दा कम मतदाता फक्ताङलुङ गाउँपालिकाको याङ्मा आधारभूत बिद्यालय मतदान स्थलमा हुने भएका छन् । त्यहाँ ६१ जना मतादाता कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिनुभयो । त्यसपछि फक्ताङ्लुङ गाउँपालिकाकै ग्याब्ला आधारभूत बिद्यालय मतदानस्थलमा ६७ मतादाता कायम हुने छन् । सबैभन्दा बढी मतदाता भने आठराई त्रिबेणी गाउँपालिकाको सरस्वती माध्यमिक बिद्यालय हाङ्पाङ मतदानस्थलमा हुने भएका छन् । त्यहाँ २ हजार ५ सय ९७ मतदाता रहने छन् । यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको नाङ्खोल्याङस्थित कालिका माध्यमिक बिद्यालयमा २ हजार ५ सय ५६ मतदाता हुनेछन् ।
कुन स्थानीय तहमा कति मतदाता,कति मतदान केन्द्र
जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा कायम भएका छन् । १७ हजार ३ सय ३२ मतदाता कायम भएका छन् । फुङलिङमा २० वटा मतदान केन्द्र रहने छन् । सिरिजङ्गा गाउँपालिकामा ११ हजार ३ सय ९० मतदाता र १६ मतदान केन्द्र कायम भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार ७ सय ६२ मतदाता र १३ मतदान केन्द्र कायम भएका छन् । आठराई त्रिबेणी गाउँपालिकामा ९ हजार ४ सय ५० मतदाता र १२ मतदान स्थल कायम भएका छन् । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा ८ हजार ९ सय १७ मतदाता र १५ मतदान केन्द्र कायम हुँदा सिदिङ्वा गाउँपालिकामा ८ हजार ७ सय ६५ मतदाता र १३ मतदान केन्द्र कायम भएका छन् । यस्तै मेरिङ्देन गाउँपालिकामा ८ हजार ३ सय ४९ मतदाता र ११ मतदान केन्द्र,मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ६७ मतदाता र १२ मतदान केन्द्र तथा मिक्वाखोला गाउँपालिकामा ६ हजार ८ सय ५३ मतदाता र ११ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ भन्दा प्रदेशसभा १ ‘क’ र ‘ख’मा कति बढे मतदाता
कूल ८८ हजार २ सय ८५ मतदाता कायम भएको ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क) निर्वाचन क्षेत्रमा अहिले ४८ हजार ७ सय ६१ मतदाता भएका छन् । २०७४ सालमा यहाँ ४३ हजार ५ सय ३६ मतदाता थिए । यहाँ ५ हजार २ सय २५ मतदाता बढेका छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)मा अहिले ३९ हजार ५ सय २४ मतदाता कायम भएका छन् । २०७४ सालको निर्वाचनमा प्रदेश १(क)मा ३४ हजार ८ सय ६१ मतदाता थिए । त्यहाँ ४ हजार ६ सय ६३ मतदाता बढेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts