|

‘विज्ञान र प्रविधिमा लगानी र लगाब दुबै बढाउन आवश्यक’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १ । ताप्लेजुङका सरोकारवालाहरुले विज्ञान र प्रविधिमा लगानी र लगाव दुबै बढाउन आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङले शनिवार यहाँस्थित भानुजन माध्यमिक बिद्यालयमा आयोजना गरेको कार्यक्रममा विज्ञानको महत्व अनुसार लगानी बृद्धिको खाँचो औंल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले विज्ञान र प्रविधिले संसार नजिक बनाइरहेको अवस्थामा यसमा लगानी बृद्धि अपरिहार्य रहेको बताउनुभयो । विज्ञान र प्रविधिलाई चुनौति दिने हिम्मत कसैको नभएको भन्दै उहाँले फस्टाईरहेको विज्ञान र प्रविधि क्षेत्रलाई संस्थागत र गुणात्मक प्रवद्र्धनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले प्रविधिमैत्री शिक्षा सम्मुनत समाजको आधार बन्ने बताउनुभयो । उहाँले विज्ञान र प्रविधिको उच्चतम् र व्यवहारिक प्रयोग आवश्यक र अनिवार्य रहेकोमा जोड दिनुभयो । भानुजन माध्यमिक बिद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले विज्ञान र प्रविधिमा लगानी र लगाव दुबै अपरिहार्य हुनेमाज जोड दिनुभयो । विज्ञानबाट प्रविधि र प्रविधिबाट संसारमा आएको चमत्कारले प्रकृतिलाई नै चुनौति दिएको स्मरण गर्दै राईले यसको सहि सदुपयोग हुनुपर्ने बताउनुभयो । यसको गलत उपयोगले जोखिम निम्त्याउने खतरा समेत उहाँले औंल्याउनुभयो ।

वीरेन्द्र माध्यमिक बिद्यालय देवलिङ्गेका प्रधानाध्यापक कुलराज पौडेलले विज्ञान र प्रविधिले ल्याएको परिवर्तनबाट पाठ सिकेर यसको सहि उपयोगमा लाग्न आवश्यक रहेको बताउनुभयो । भानुजन माध्यमिक बिद्यालयको कक्षा १० मा अध्ययनरत रुपेश सुनुवारले विज्ञानको महत्व अनुसारको लगानीले मात्र प्रतिफल दिने दावी गर्नुभयो ।‘विज्ञान र प्रविधिमा लगानी बिस्तार,सम्मुनती र समृद्धिको आधार’भन्ने नारासहित मनाइएको राष्ट्रिय विज्ञान दिवसका अवसरमा भानु र वीरेन्द्र मावि बाहेक लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुल,जनता मावि हाङ्देवा,युवाबर्ष मावि कैंजले,सिद्धकाली मावि दोखु र मयाम मावि फुरुम्बु सहितका शिक्षक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts