गर्भवती महिला र जेष्ठ नागरिकका लागि आठराइ त्रिबेणीले दुई–दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर चलाउने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ३१ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले पालिका भित्रका गर्भवती महिला र जेष्ठ नागरिकहरुका लागि प्रत्येक दुई–दुई महिनामा गाउँघर क्लिनिकमार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको शुक्रवार बसेको बैठकले पालिकाभित्रका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता चालू आर्थिक बर्षको चौमासिक अवधिदेखि सम्वन्धित वडा कार्यालयमार्फत नै बितरण गर्ने निर्णय गरेको पालिका अध्यक्ष दीपेन्द्र पोमूका स्वकीय सचिव लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

यस्तै पालिका भित्रका प्रत्येक वडामा निःशुल्क दन्त उपहार र आँखा शिविर सञ्चालन गरिने भएको छ भने हरेक महिनाको अन्तिममा आसपासका बिद्यार्थीलाई समेत लक्षित गरी पालिकाका प्रत्येक माध्यमिक बिद्यालयहरुमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाले मर्मतसम्भार गर्न आवश्यक देखिएका पालिका भित्रका कच्चीबाटो दशैं अगावै मर्मत गरिसक्ने भएको छ । पालिकाले बिभिन्न वडाका लागि आवश्यक पर्ने सडक तथा अन्य भौतिक पूर्वाधारको बिस्तृत परियोजना प्रतिबेदन तयारीका लागि शीघ्र पहलकदमी लिने समेत निर्णय लिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts