आयोगद्धारा निर्वाचनमा खटिने जनशक्तिको क्षमता विकासका लागि तालिम दिने जनशक्तिको योग्यता निर्धारण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ३१ । निर्वाचनमा परिचालन गरिने जनशक्तिको क्षमता विकासका लागि निर्वाचन तालिम सञ्चालन गर्न निर्वाचन आयोगले निर्देशिका जारी गरेको छ ।

आयोगले आवश्यकता अनुसार केन्द्र,प्रदेश,जिल्ला तथा स्थानीय स्तरमा प्रशिक्षक प्रशिक्षण चलाउन सक्ने जनशक्ति छनौटको आधार तथा प्रकृया समेत निर्धारण गरेको छ । जस अनुसार नेपाल सरकारको कम्तिमा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा वहाल रहेको वा त्यस्तो पदबाट अवकास प्राप्त गरेको,आयोगमा अधिकृतस्तरको पदमा कार्यरत रही निर्वाचन सम्वन्धी अनुभव हासिल गरेको र निर्वाचन सम्वन्धी तालिमका प्रशिक्षक भई काम गरेका कर्मचारी मुख्य प्रशिक्षक बन्न पाउने छन् । यस्तै आयोगले सञ्चालन गरेको ब्रिज तालिमको सहजकर्ता प्रमाणपत्र प्राप्त गरेको,आयोगले सञ्चालन गरेका निर्वाचन शिक्षा स्रोत व्यक्ति विकास सम्वन्धी मुख्य प्रशिक्षणमा सहभागी भएको,कम्तिमा स्नातक वा सो सरह उत्र्तीण गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थामा कम्तिमा पाँचबर्षको प्रशिक्षण अनुभव हाँसिल गरेको वा निर्वाचन सम्वन्धी अनुभव तथा विज्ञता हाँसिल गरेको व्यक्ति मुख्य प्रशिक्षक बन्न पाउने छन् ।

यस्तै आयोग वा निर्वाचन कार्यालयमा अधिकृत स्तरको पदमा कार्यरत रहेको वा काम गरेको,राष्ट्रिय स्तरका निर्वाचनमा प्रदेश वा क्षेत्रीय वा जिल्ला स्तरीय प्रशिक्षक भई काम गरेको आयोगले सञ्चालन गरेको ब्रिज तालिममा सहभागी भएको,आयोगले सञ्चालन गरेको निर्वाचन शिक्षा स्रोत व्यक्ति विकास सम्वन्धी प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी भएको र निर्वाचन सम्वन्धी अनुभव तथा विज्ञता हाँसिल गरेको प्रदेशस्तरीय प्रशिक्षक बन्न सक्ने भएका छन् ।

यस्तै आयोग वा निर्वाचन कार्यालयमा अधिकृत स्तरको पदमा कार्यरत रहेको,निर्वाचन वा मतदाता शिक्षा वा मतदाता नामावली सम्वन्धी कार्यक्रममा जिल्ला स्तरीय प्रशिक्षक भई काम गरेको,आयोगले सञ्चालन गरेको स्रोत व्यक्ति विकास सम्वन्धी प्रदेश वा जिल्ला स्तरीय प्रशिक्षणमा सहभागी भएको,ब्रिज सम्वन्धी तालिममा सहभागी भएको,जिल्लास्थित कार्यालयमा अधिकृतस्तरको पदमा रही तालिम सहजीकरण सम्वन्धी ज्ञान,सीप तथा क्षमता भएको,आयोगबाट सञ्चालित प्रशिक्षक प्रशिक्षणमा सहभागी भएको र निर्वाचन सम्वन्धी अनुभव तथा विज्ञता भएको व्यक्ति जिल्ला स्तरीय वा स्थानीय स्तरको प्रशिक्षक बन्न योग्य हुने भएका छन् ।

आयोगले प्रमुख जिल्ला अधिकारीको संयोजत्वमा जिल्ला समन्वय अधिकारी,कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख सदस्य तथा जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहेको जिल्ला स्तरीय निर्वाचन तालिम व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts