चुनावको मुखैमा जसपा ताप्लेजुङद्धारा जिल्लाका चारनेता निष्काशित

ताप्लेजुङ,भदौ २९ । पार्टीहित बिपरित कार्य गरेको भन्दै जनता समाजवादी पार्टी ताप्लेजुङले चुनावको मुखैमा चार जिल्ला नेतालाई साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको छ ।
जसपाले बुधवार एक विज्ञप्तिमार्फत जिल्ला सदस्य योगेश्वर भट्टराई,मानबहादुर गुरुङ,समाजवादी महिला संघ जिल्ला अध्यक्ष गौरी(धनकुमारी) थलङ र सदस्य दिपीका थलङलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको छ ।
जिल्ला अध्यक्ष कीर्तिमान मादेनले पार्टी सहित बिपरित कार्य गरेकोले कारवाही भएको जनाउनुभयो । कारवाहीमा परेकाहरु अहिले बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीतर्फ लाग्नु भएको बुझिएको छ ।