मधेसको ‘सेन्टीमेन्ट’आफुतिर तान्न मात्र नागरिकता बिधयेक ः राजमुपा अध्यक्ष पालुङ्वा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २७ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले सत्तारुढ दलले नागरिकता बिधयेकमार्फत मधेसको ‘सेन्टीमेन्ट’आफुतिर तान्ने षडयन्त्र गरेको आरोप लगाउनु भएको छ ।

अनागरिकलाई नागरिक बनाउने प्रचञ्च स्वरुप नागरिकता बिधयेक आएको भन्दै यो बिधयेकका प्रावधान राष्ट्रियता बिरोधी रहेको उहाँले दावी गर्नुभयो । जन्म जिल्ला ताप्लेजुङ आईपुग्नु भएका पालुङ्वाले अहिलेको परिवेशमा नागरिकता बिधयेक चाँहिदै नचाहिने बताउनुभयो । ‘मधेसको अभाव माथि दबाब दिएर प्रभावमा पार्न नागरिकता बिधयेक ल्याइएको हो’उहाँले भन्नुभयो । पालुङ्वाले अभावका कारण बिदेशिएका नागरिक प्रवासमा भएको र उनीहरुको नोट चल्ने तर भोट नचल्ने बनाएर राज्यले गतिलो काम नगरेको दावी गर्नुभयो ।

वंशजका आधारमा नागरिकता दिने कार्यहरुलाई बढी सहज बनाउने हो भने नागरिकता सम्वन्धी बिषय समाधान हुने उहाँले बताउनुभयो । आसन्न निर्वाचन देश सिध्याउने र देश बनाउनेहरु बीचको जनमत संग्रहको रुपमा रहने उहाँको भनाई थियो । पालुङ्वाले आउँदो निर्वाचन निश्पक्ष र भयरहित रुपमा सम्पन्न हुनेमा शंका जनाउनुभयो । भन्नुभयो‘सत्ता र शक्तिको बढी दुरुपयोग हुने खतरा छ,यसले निर्वाचन निश्पक्ष हुनेमा शंसय पैदा गराएको छ’। जनमुक्ति पार्टी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उहाँले सुनाउनुभयो ।
तीनवटा जिल्लाबाट पालुङ्वाको नाम सिफारिस
आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगत प्रतिनिधिसभाको चुनाव लड्न जनमुक्ति पार्टीका अध्यक्ष पालुङवाको नाम ताप्लेजुङ सहित तीन जिल्लाबाट सिफारिस भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ताप्लेजुङबाट पालुङ्वा र जिल्ला अध्यक्ष इन्द्र थलङको नाम सिफारिस भएको छ । पालुङ्वाको नाम इलामको क्षेत्र नं २ र तनहुँको क्षेत्र नं १ बाट समेत सिफारिस भएको जनमुक्ति पार्टीले जनाएको छ । तर पालुङ्वा आफैंले भने आफ्नो रोजाई इलाम क्षेत्र नं २ रहेको खुलाउनुभयो । २०७४ सालको निर्वाचनमा पनि उहाँ त्यहिँ प्रतिश्पर्धी हुनुहुन्थ्यो
यि सिफारिस भए जनमुक्ति पार्टीबाट उम्मेदवार
प्रतिनिधिसभा प्रत्यक्षतर्फ (क)केपी पालुङ्वा(ख)इन्द्र थलङ
प्रतिनिधिसभा समानुपातिकतर्फ (क)आइतराम लिम्बू(ख)इन्द्रकुमारी लिम्बू
प्रदेशसभा १ (क) प्रत्यक्षतर्फ (क)मोतिलाल तुम्बाहाम्फे(ख)बलबहादुर लिम्बू
प्रदेशसभा १ (ख) प्रत्यक्षतर्फ (क)यामकुमार आङबुहाङ(ख)इन्द्र लिम्बू
प्रदेशसभा समानुपातिकतर्फ
प्रदेशसभा १ (क) देवीमाया लिम्बू
प्रदेशसभा १(ख) सूर्य मावो

अरुलाई पनि शेयर गरौ !

Similar Posts