नवौं राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट छानिए डेढसय बढी खेलाडी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २४ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ताप्लेजुङबाट डेढसयबढी खेलाडी छनौट गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिका उपाध्क्ष अनिता पन्दाकका अनुसार बिभिन्न बिधामा १ सय ५३ जना खेलाडी छनौट गरिएको हो । बुद्धिचालमा २ जना,ब्याडमिन्टनमा पुरुषतर्फ ४ र महिलातर्फ ३ गरी ७ जना,एथलेटिक्समा पुरुषतर्फ १२ र महिलातर्फ १० गरी २२ जना खेलाडी छनौट गरिएको छ ।

यस्तै टेबलटेनिसमा पुरुषतर्फ ३ र महिलातर्फ २ गरी ५ जना,कबड्डीमा पुरुष र महिला दुबैतर्फ ९–९ जना गरी १८ जना,सितोरियो कराँतेतर्फ महिला पुरुष गरी २१ जना र तेक्वादोमा महिला ११ र पुरुष ११ गरी २२ जना खेलाडी छनौट गरिएको छ ।

यता पुरुष फुटबलमा १६ र महिला फुटबलमा २ बैकल्पिक सहित १८ जना खेलाडी छनौट गरिएको छ । रग्वी र बक्सिङमा १–१ जना खेलाडी छनौट हुँदा भलिबलतर्फ महिला र पुरुषमा समान १०–१० जना खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावोका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुँदै छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts