जिल्ला अदालतका तीन कर्मचारी पुरस्कृत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २३ । उत्कृष्ट कार्य सम्पादन गर्ने तीनजना कर्मचारीलाई ताप्लेजुङ जिल्ला अदालतले पुरस्कृत गरेको छ ।

निजामति सेवा दिवसका अवसरमा अदालतमा तहसिलदार सूर्यप्रसाद दाहाल,तामेलदार चुडामणि(चक्र)निरौला र कार्यालय सहयोगी गंगा सुब्बालाई पुरस्कृत गरिएको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । जिल्ला न्यायाधीस निर्मला योङ्याले पुरस्कृत तीनैजनालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts