|

दर्ता,मूल्य सूची र बोर्ड अनिवार्य राख्न दोभानका व्यवसायीलाई भदौभरको समय

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १९ । जिल्ला अनुगमन समितिले ताप्लेजुङको दोभान बजारमा दर्ता नभई सञ्चालनमा रहेका व्यवसायीलाई दर्ता,मूल्य सूची र बोर्ड अनिवार्य राख्न भदौ महिनाभरीको समयसीमा दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा मेरिङदेन गाउँपालिकाको दोभान बजारमा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नविकरणमा कम ध्यान दिएको,एकाध बाहेक अधिकाँस पसलहरुमा मूल्यसूची नभएको र पसल संकेत गर्ने बोर्ड समेत नदेखिएको भन्दै यो त्रुटी सच्याउन भदौ महिनाभरको समय दिइएको हो । ‘व्यवसाय दर्ता तथा नविकरण गरेर बैधानिक प्रकृयामा समाहित भएपछि मात्रै व्यवसाय सञ्चालनका लागि योग्य हुने सुझाव दिएका छौं’घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साईले भन्नुभयो । सार्वजनिक स्थलमा मूल्यसूची राख्नुपर्ने सहितका सबै सुझाव पालना नभए अर्कोपटकको अनुगमनदेखि‘एक्सन’मा उत्रने अनुगमन समितिको तयारी रहेको छ । अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ भट्टराईले सचेत गरिएका बिषय पालना नभए बैधानिक बाटो अवलम्वन गरिने बताउनुभयो ।

उपभोक्ता हित प्रतिकुल हुने कुनैपनि काम गर्न नहुनेतर्फ सम्बेदनशिल बन्न उहाँले व्यवसायीको ध्यानाकर्षण गराउनु भएको छ । ताप्लेजुङ उद्योग बाणिज्य संघ शाखा दोभानका अध्यक्ष हरि काफ्लेले व्यवसायदर्ता व्यवसायीको पहिलो सर्त भएकोले दर्ता,नविकरण,मूल्य सूची लगायतका बिषयमा संघका सदस्यहरुलाई प्रोत्साहित गर्ने बताउनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य संघ शाखा दोभानका सचिव लाक्पातेम्बा शेर्पाले व्यवसायीले पूरा गर्नुपर्ने व्यवसायिक सर्त र प्रकृयाका बारेमा आनकानी गर्न नहुने भन्दै दर्ता,नविकरण,मूल्य सूची लगायतको प्रकृया पूरा गर्न व्यवसायीहरुसंग आग्रह गर्नु भएको छ ।

स्थानीय व्यवसायी धनपति गुरागाँईले दर्ता,नविकरण सहितका कार्य नगरी व्यवसाय गर्नेले छुुट पाउने अवस्था बनेमा अराजकता निम्तने र अरुले पनि नविकरण सहितका कार्य गर्न छाड्ने भएकोले बैधानिक प्रकृयामा सामेल हुन आग्रह गर्नु भएको छ । संयुक्त अनुगमन समितिले कम्तिमा मासिक रुपमा बिभिन्न बजार क्षेत्रको नियमित अनुगमन गर्ने कार्यसूची बनाएको जनाएको छ । घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख घोर्साइले उपभोक्ताको हितलाई ध्यानमा राखेर योजनागत रुपमै अनुगमनको अभियान सञ्चालन गर्ने कार्ययोजना बनेको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts