लोसपालाई तत्काल गठबन्धनमा सहभागी गराउन सकिन्न ः जसपा नेता राई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ९ । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष अशोकुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)लाई तत्काल गठबन्धनमा सहभागी गराउन नसकिने बताउनु भएको छ । उहाँले लोसपा गठबन्धनमा आउनका लागि सार्वजनिक रुपमा ‘आत्मलोचित’ भएर प्रस्तुत हुनुपर्ने सर्त रहेको बताउनुभयो ।

‘उहाँहरुले तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेको संसद बिगठन सहितको कदमलाई सहि भनेर सरकारमा सहभागी हुनुभयो’बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राईले भन्नुभयो ‘आफ्नो त्यो कदम गलत थियो भनेर लोसपाले नभनिञ्जेल उहाँहरुलाई गठबन्धनमा सहभागी गराउन सकिदैंन’ । उहाँले लोपसाले त्यो सर्त माने गठबन्धनका बारेमा सहयात्री दलहरुसंग वार्ताको प्रकृया आरम्भ हुने संकेत गर्नुभयो । चुनावी गठबन्धन बारे जसपाका तीनवटा धारणा रहेको राईले बताउनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभाका जति स्थानमा गठबन्धन हुन्छ,त्यो बाहेक अन्य स्थानमा गठबन्धन दलहरुका बीचमै पनि रचनात्मक र मित्रवत् प्रतिश्पर्धा गर्ने जसपाको पहिलो प्रस्ताव छ । दोस्रो भनेको प्रतिनिधिसभाका १ सय ६५ स्थानमै चुनावी तालमेल र प्रदेशसभाका ३ सय ३० स्थानमा गठबन्धन दलहरुका बीचमै पनि रचनात्मक र मित्रवत् प्रतिश्पर्धा गर्ने रहेको छ । तेस्रो वा अन्तिम बिकल्प भनेको गठबन्धन दलहरुबीच सबैलाई सन्तुष्ट हुने गरी प्रतिनिधिसभा र प्रदेसभाका सबै स्थानमा गठबन्धन गरेर चुनावी प्रतिश्पर्धा गर्ने रहेको राईले सुनाउनुभयो ।‘हामी अहिले तेस्रो बिकल्पलाई सबैभन्दा उत्तम ठानेर छलफल चलाई रहेका छौं’राईले भन्नुभयो‘त्यो नभए पहिलो वा दोस्रो बिकल्पमा उभिन्छौं’ ।
राईको रोजाई सुनसरी क्षेत्र नं १
राईले आफु सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभाको निर्वाचनमा प्रतिश्पर्धी बन्न चाहेको खुलाउनु भएको छ । काँग्रेसको समर्थनमा २०७४ सालको निर्वाचनमा आफु सोहि क्षेत्रबाट प्रतिश्पर्धी बन्दा निकटतम् प्रतिद्धन्दी बनेको स्मरण गर्दै राईले भन्नुभयो‘निर्णय त गठबन्धनले गर्ला,तर मेरो व्यक्तिगत रोजाई चाँहि सुनसरी–१ नै हो’ । अघिल्लो पटक त्यहाँबाट एमाले र माओवादीको बाम गठबन्धनका एमाले उम्मेदवार बिजयी हुनु भएको थियो ।

जनता समाजवादी पार्टीले भदौ १५ गते भित्रमा जिल्ला तहले सम्वन्धित जिल्लाका उम्मेदवारहरुको नामावली प्रदेश कमिटीमा र प्रदेश कमिटीले राय सहित भदौ २५ गते भित्र पार्टीको संघीय संसदीय बोर्डमा पठाईसक्नुपर्ने गरी कार्यतालिका बनाएको राईले जानकारी दिनुभयो । प्रदेश कमिटीबाट राय सहित प्राप्त उम्मेदवारको नामावली संसदीय बोर्डले छानबनि गरी अन्तिम राय सहित केन्द्रीय कार्यकारणी समितिमा पठाउनुुपर्ने तालिका रहेको उहाँले बताउनुभयो ।
‘नागरिकता बिधयेक बिबादका बिषय होईन’
राईले नागरिकता बिधयेक बिबादको बिषय नभएको बताउनुभयो । दुबै संसदले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको बिधयेक पुर्नबिचारका लागि राष्ट्रपतिले फेरी सदनमा फिर्ता पठाउनु संबधानिक अधिकार भित्रकै प्रकृया भएको उहाँको भनाई थियो ।

राईले संसदका दुबै सदनबाट पारित भई बिधयेक प्रमाणीकरणका लागि फेरी राष्ट्रपतिकहाँ पुगे त्यसलाई प्रमाणीकरण गर्नु राष्ट्रप्रमुखको दायित्व र जिम्मेवारी हुने समेत बताउनुभयो ।‘भारतमा ७ बर्ष पछि मात्र बैबाहिक अंगिकृत नागरिकता प्रदान हुने भन्दै नागरिकताको बिषयमा नेपालमा भारतकै सिको गर्नु अनिवार्य छैन’उहाँले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts