यहिँ महिना भित्रै ‘लिफ्टिङ’ प्रविधिद्धारा पाथीभरा मन्दिरमा पानी पु¥याउने कार्यको परीक्षण गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १ । यहिँ महिना भित्र ‘लिफ्टिङ’ प्रविधिबाट पूर्वकै पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा पानी पु¥याउने कार्यको परीक्षण गरिने भएको छ ।

‘लिफ्टिङ’ प्रविधिको काम सकिएको र बिद्युतीकरणको काम समेत अन्तिम चरणमा पुगेकोले यहिँ महिना भित्र परीक्षण गर्ने योजना बनेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । केन्द्रीय विद्युत् प्रसारण लाइनको बिद्युत जडान कार्य अहिले काफ्लेपाटीबाट उकालो लागेको छ । काफ्लेपाटी पाथीभरा मन्दिर जान सवारी साधन पुग्ने अन्तिम केन्द्र हो । त्यहाँ अहिले केन्द्रीय प्रसारण लाइनकै बिद्युत बल्छ । अब बिद्युत माथिल्लो फेदी हुँदै ‘लिफ्टिङ’ प्रविधिको अन्तिम पम्पिङ रहेको क्षेत्र नयाँ पाटी सम्म बिद्युत जडान कार्य पूरा भएपछि परीक्षण गर्ने तयारी गरिएको काफ्लेले बताउनुभयो । पम्पिङ प्रणालीका सबै कार्य पूरा भईसकेको र अन्तिम पम्पिङ क्षेत्रसम्म बिद्युत पुग्ने बित्तिकै परीक्षण गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाका अनुसार काफ्ले पाटीमा प्रमुख (इन्टेक) ट्याङ्की निर्माण भएको छ । काफ्ले पाटी, बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँ पाटी र पाथीभरा मन्दिरमा गरी ६ वटा ट्याङ्की निर्माण भएको समेत उहाँले बताउनुभयो । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने प्रक्षेपण रहेको छ । मटरपम्प जडान सहितका सबै कार्य पूरा भईसकेको थापाले जानकारी दिनुभयो । कूल ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैयाँ लागत रहेको यो आयोजना सहलगानीको आयोजना हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार नेपाल सरकार अन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारीमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना अघि बढेको हो । कूल मध्ये नेपाल सरकारको ५ करोड ७५ लाख ८१ हजार ४ सय ५२ रुपैयाँ र पाथीभरा क्षेत्र विकास समितिको २ करोड ४६ लाख ३४ हजार ९ सय ८ रुपैयाँ सहलगानी रहेको छ । २०७७ साल असोज १८ गते यो आयोजना सञ्चालन सम्झौता भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts