स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनी खर्च बिबरण नबुझाउनेलाई निर्वाचन आयोले सोध्यो ७ दिने स्पष्टीकरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ १ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च बिबरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ७ दिने सफाई सहितको स्पष्टीकरण सोधेको छ ।

आयोगले स्थानीय तहको निर्वाचन २०७९ मा उम्मेदवार भई तोकिएको समयभित्र नबुझाउने र तोकिएको समय सकिएपछि खर्च बिबरण बुझाउने उम्मेदवारहलाई तोकिएको समय भित्र के कुन कारणले निर्वाचन खर्चको बिबरण नबुझाउनु भएको हो ? भनेर प्रश्न सहित स्पष्टीकरण लिएको छ । आयोगले तोकिएको समय भित्र खर्च बिबरण नबुझाएकोमा तपाँईलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम किन कारवाही हुनु नपर्ने हो ? सो सम्वन्धमा निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ४ बमोजिम भदौ १ गतेका मितिले ७ दिन भित्र आफ्नो सफाई सहितको स्पष्टीकरणसम्वन्धित निर्वाचन कार्यालय वा निर्वाभचन आयोग नेपालमा पेश गर्न आयोगले भनेको छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम राजनीतिक दल वा उम्मेदवारले निर्वाचनकाो अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्वाचनमा भएको खर्चको बील भरपाई सहित आयोगले तोेकेको कार्यालयमा खर्च बिबरण बुझाउनुपर्ने व्यवस्था रहेको छ । आयोगले खर्च बिबरण नबुझाउनेहरुको नामावली आफ्नो वेवसाईटमार्फत सार्वजनिक गरेको पनि जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts