नेपाल प्रहरीका एसएसपी केसीलाई गृहगाउँमा भव्य सम्मान

ताप्लेजुङ,साउन २९ । आफ्नो गृह गाउँ पुग्नु भएका नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)बिष्णुकुमार केसीलाई स्थानीयले स्वागत सहित सम्मान गरेका छन् ।
गृह गाउँ फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिन पुग्नु भएका केसीलाई वडापालिकाको अगुवाई बिभिन्न सामाजिक संघसंस्था तथा व्यत्तित्वहरुले सम्मान गर्नु भएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिनका वडाध्यक्ष यज्ञप्रसाद लिम्बूले नेपाल प्रहरी भित्र सम्भावना बोकेका आफ्ना अभिभावकलाई गृह गाउँमा सम्मान गर्न पाउँदा सुखी लागेको बताउनुभयो । स्थानीय खेल क्लव बि.सि.एस क्लवका सुधिर साउदेनले ताप्लेजुङ जस्तो पहाडी जिल्लाको दुर्गम गाउँमा जन्मिएर नेपाल प्रहरीको उच्च ओहदामा पुग्ने व्यक्तिको रुपमा केसीलाई चित्रित गर्दै केसीका असल मार्गदर्शन आफुहरुका लागि पनि प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।
स्थानीय हेमनाथ केसीले एसएसपी केसीलाई नेपाल प्रहरी भित्र बलियो सम्भावना भएको व्यक्तिको रुपमा चित्रित गर्नुभयो । केसी ७ बर्षपछि गृह गाउँ पुग्नु भएको हो ।
एसएसपी केसीले २०७८ सालको माघको पहिलो साताबाट केहि समय नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा आम सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालयले ‘प्रवक्ता’को जिम्मेवारी दिने गरेको छ