स्थानीय तहका जनप्रतिनिधिलाई बिपद् जोखिम न्यूनीकरण बारे अभिमुखीकरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १६ । बिपद् जोखिम न्यूनीकरणको स्थानीयकरणका बारेमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्न थालिएको छ ।
नगरपालिकाका प्रमुख/उपप्रमुख,गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्ष सहितका कार्यपालिका सदस्यहरु,बिषयगत शाखाका पदाधिकारी र कर्मचारीलाई लक्षित गरी अभिमुखीकरण सुरु गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयको वातावरण तथा बिपद् व्यवस्थापन शाखाका शाखा अधिकृत जयराम उप्रेतीका अनुसार अभिमुखीकरणमा स्थानीय तहले बिपद् व्यवस्थापनका बारे ऐन,नियम र कार्यविधिको तर्जुमा गरे/नगरेको देखि बिपद् पूर्व तयारी र प्रतिकार्य योजनाको अवस्था समेतको बिश्लेषण गरिने छ ।

स्थानीय क्षेत्रमा हुनसक्ने सम्भावित बिपद्,जोखिमको अवस्था,जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने तयारी,प्रतिकार्य योजना,पूर्व तयारी र प्रतिकार्यका क्रममा प्रयोग हुने जनशक्ति र सामग्रीको व्यवस्थापन देखि लिएर जोखिम पहिचान समेतको अभिमुखीकरण भएको ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले जानकारी दिनुभयो ।

मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तराष्ट्रिय सहायता नियोग(USAID/BHA)को सहयोग अन्तरगत अन्तराष्ट्रिय आप्रवासन संगठन(IOM–UN Migration)मार्फत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघसंगको सहकार्यमा कार्यक्रम अघि बढेको मन्त्रालयका शाखा अधिकृत उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल(NSET),लुथरन वल्र्ड फेडेरेसन् (LWF) र प्राक्टिकल एक्सन् कन्सल्टेन्ट(PAC)ले अभिमुखीकरण सहजीकरण र सञ्चालन गर्नेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts