सान्थाक्राका आगलागी पीडितलाई अढाइ लाख हाराहारीको जस्तापाता सहयोग

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १५ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागी पीडित परिवारलाई नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बाले करिव अढाइ लाख रुपैंया हाराहारी मूल्यको जस्तापाता उपलब्ध गराएको छ ।

हेल्पिङ हेण्डको सहयोग तथा नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बा समन्वयमा आइतवार आगलागी पीडित परिवारलाइ १८ बण्डल जस्तापाता हस्तान्तरण गरिएको छ । ताप्लेजुङ बुङकुलुङ शेर्पा किदुङ काठमाडौको सहजीकरणमा २ लाख ३४ हजार मूल्यको जस्तापाता पीडित परिवारलाई आइतवार पीडित परिवारलाइ जस्तापाता हस्तान्तरण गरिएको छ । ताप्लेजुङ बुङकुलुङ शेर्पा किदुङका अभियान्ता पासाङरिता शेर्पाले नेपाल बौद्ध महायान केन्द्र कपन गुम्बा र हेल्पिङ हेण्डले यसअघि पनि ताप्लेजुङका बिपद् पीडितलाइ सहयोग प्राप्त भई बितरण भएको जानकारी दिनुभयो ।

मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गाम,फुङलिङ नगरपालिका वडा नं ९ का वडाध्यक्ष लक्ष्मण गुरुङ,ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पा सहितको उपस्थितिमा आगलागी पीडितलाई जस्तापाता हस्तान्तरण गरिएको छ । गत साउन २ गते बिहान पौने तीन बजेतिर मेरिङ्देन गाउँपालिका वडा नं २ खाम्साक्पाको रेजुङ शेर्पाको १७ जनाको परिवार रहेको घरमा बिद्युत सर्ट भइ सुरु भएको आगोले ५ वटा घर पूर्ण रुपमा क्षति भएको गाउँपालिकाले जनाएको छ ।

आगलागीका कारण ति घरहरुमा रहेका नेपाल शेर्पासंघको मेरिङदेन गाउँपालिकाको कार्यालय,नेपाल शेर्पा संघ वडा नं २ को कार्यालय,खाम्साक्पा सेवा समाजको कार्यालय,ञ्युङजेन समितिको कार्यालय,नेपाली काँग्रेस वडा नं २ को कार्यालय र साङ्गा छ्योलिङ गुम्बा समेतमा क्षति भएको थियो । सो आगलागीबाट आगलागीबाट १ करोड ५९ लाख लाख ६० हजार ४ सय रुपैंया बराबरको क्षति भएको बिवरण संकलन भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts