ताप्लेजुङमा आङ्बुहाङको अध्यक्षतामा बन्यो रेफ्री संघ तदर्थ समिति

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १४ । ताप्लेजुङमा दिपेशकुमार आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको छ ।

जिल्ला रेफ्री संघ तर्दथ समितिको उपाध्यक्षमा विश्वराज राई,महासचिवमा सन्तान मादेन र कोषाध्यक्षमा मौसम अन्छङ्वो रहनु भएको छ । जिल्ला रेफ्री संघ तर्दथ समितिमा मोतिहाङ थलङ,बिबश लिम्बू,प्रताप साँवा अपिल राई,मनोज लिम्बू,सञ्जित साँवा र बिपुल दाहाल सदस्य रहनु भएको जिल्ला फुटबल संघका महासचिव दिनेश खवासले जानकारी दिनुभयो ।

जिल्ला रेफ्री संघमा टिकेन्द्र नेपाली संयोजक रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा शिवहरि निरौला,गीत पालुङवा र रगुन गोम्देन सदस्य रहनु भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावो,जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङ,ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाको बिशेष उपस्थितिमा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts