|

‘सरर गइहाल्छ जोवन’नाम रहेको तिज गीतको म्युजिक भिडियो सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १२ । नेपाली सांगितिक बजारमा जय देवकोटाको प्रस्तुति ‘सरर गइहाल्छ जोवन’नाम रहेको तिज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सांगितिक अभिनयमा धुम मच्चाई रहनु भएकी अञ्जली अधिकारी र दिलिप ओखडाको अभिनयमा बनेको म्युजिक भिडियो स्टुडियो तरंगको पर्दाबाट बजारमा आएको छ । गम्भिर बिष्टको निर्देशनमा बनेको म्युजिक भिडियोको छायाँङ्कन मुकेश हुमागाँई र सम्पादन नवीन निरौलाले गर्नु भएको छ । जय देवकोटा र भावना आचार्यको स्वर रहेको गीतमा देवकोटा आफैंले संगित भर्नु भएको छ । शब्द पनि उहाँकै रहेको छ ।‘आँखै मुनी–मुनी गाजलुको घेरो,चिप्लिएछ क्यारे लाउँदा खेरीमा…..’देवकोटाले गीतको सुरुआत गर्दै भन्नु भएको छ । ‘माफ गर है सानु गल्ती भए मेरो,मुुसुक्कै हाँस आउँदा खेरीमा’देवकोटाले गीतको फन्को खोल्दै गीतलाई पीचबाट उचालेर नाचौं–नाचौं बनाउँदै मादलको ताल झैं स्वर घुमाउनु भएको छ ।’नतड्पाउ अहिले नै हो भन है,सरर गइहाल्छ जोवन….।

मादलको घर्रासंगै बग्ने गीतका स्वरहरुले म्युजिक भिडियोका कलाकारलाइ घुमीघुमी नाच्न बाध्य बनाएको छ । ‘रातो–रातो माटो चिप्लो–चिप्लो बाटो,हिलैहिलो भयो सारी बरी लै’… तिमलाई राम्रो लाउँथ्यो र पैरी आएको आजै,त्यै सारी नै भारी भयो बरी लै’गायिका आचार्यले देवकोटालाइ जवाफ फर्काउनु भएको छ । गाउँले परिवेशका आवाज बोलेको गीतले नेपाली सांगितिक बजारमा नयाँपन दिने गायक तथा इञ्जिनियर वीरेन्द्र श्रेष्ठले बिश्वास लिनुभयो । यसपटकको तिजमा नाँचेर धित मार्नेहरुका लागि ‘सरर गइहाल्छ जोवन’नाम रहेको तिज गीत पर्याप्त हुने श्रेष्ठले दावी गर्नुभयो ।

‘बग्ने खोला बगी गो’जस्ता चर्चित दर्जनौ गीतकी गायिका आचार्यले धेरै म्युजिक भिडियोमा मोडलिङको भूमिका निर्वाह गर्नु भएको छ । रुपले समेत उत्तिकै ‘मोहिनी’दखिने उहाँको स्वभाव नायिका भन्दा कम छैन । त्यहिँ भएर कहिले गायिका र कहिले मोडेल बनेर गीत संगितमा जमिरहनु हुन्छ उहाँ । इन्द्रेणी नियमित देखिने भावना र अभिनयका सदावाहर पात्र देवकोटाको युगल पर्दामा सजिएको यो गीतको म्युजिक भिडियोमा यो पटकको तिजमा कम्मर मर्काउनेहरुका लागि स्वादिष्ट मसला बन्ने अपेक्षा गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts