| |

गभर्नर अधिकारीलाई बर्खास्त गर्न वाईसीएलको ज्ञापनपत्र

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ३ ।
ताप्लेजुङस्थित योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) ले राष्ट्र बैङ्कका गभर्नरलाई बर्खास्त गर्न माग गरेको छ । वाईसीएल जिल्ला समितिले मङ्गलबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको हो ।
राष्ट्र बैङ्कको गभर्नरले कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने व्यवस्था विपरीत नेकपा एमाले सम्वद्ध अर्थ तथा योजना विभागको सदस्य भएको पाइएकाले तत्काल बर्खास्त गरी आवश्यक छानवीन गर्न वाईसीएलले माग गरेको छ । वाईसीएल नेपालले जिल्ला संयोजक कैलास माबो लिम्बूको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई विभिन्न सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
प्रजिअ पोखरेलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै एम अधिकारीको नामबाट एमालेसम्वद्ध अर्थ तथा योजना विभागको सदस्य रहेको पुष्टि भएकाले गभर्नर अधिकारीलाई पदमुक्त गर्न वाईसीएलले माग गरेको छ । राजनीतिक दलको सदस्य भएको पुष्टिसँगै शैक्षिक योग्यतामासमेत प्रश्न उठेकाले तत्काल पदबाट बर्खास्त गरी अधिकारीलाई छानवीनको दायरामा ल्याउनुपर्ने लगायत आफ्नो मागको सम्बोधन नभए सडक आन्दोलनमा उत्रने चेतावनी पनि वाईसीएलले दिएको छ ।
यस्तै देशमा आर्थिक सङ्कट र विदेशी मुद्रा सञ्चिती घटिरहेको अवस्थामा हतियार खरिद गर्नेगरी भएको निर्णय बदर गर्नुपर्ने, संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, किसानलाई समयमै मल र बीऊको व्यवस्था गर्नुपर्ने लगायत माग वाईसीएलले गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts